ब्राजिलका राष्ट्रपति बोलसोनारो अमेरिका भ्रमणमा « Khabarhub

ब्राजिलका राष्ट्रपति बोलसोनारो अमेरिका भ्रमणमा


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल– ब्राजिलका राष्ट्रपति जइर बोलसोनारो अमेरिका भ्रमणमा निस्केका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नका लागि राष्ट्रपति बोलसोनारो अमेरिकाको राजधानी वाशिंटन डीसी पुगेका हुन् ।

ट्रम्प र बोलसोनारोबीच विशेषगरी भेनेजुएलामा जारी राजनीतिक संकटका विषयमा छलफल हुनेछ । भेनेजुएलाको विषयबाहेक दुई नेताबीच व्यापार, द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा, भू राजनीतिलगायतका विषयमा पनि वार्ता हुनेछ ।

दुबै मुलुकबीच भेनेजुएलाका विषयलाई लिएर एकमत रहेको देखिन्छ । दुबै मुलुकले वर्तमान राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्यूत गरी विपक्षी नेता हुआँ गुआइदोलाई राष्ट्रपति बनाउन चाहन्छन् । त्यसबाहेक दुबै नेताहरुको पपुलिष्ट दक्षिणपन्थी छवि रहेको छ ।

गत जनवरी १ मा ब्राजिलको राष्ट्रपतिको कार्यभार सम्हालेयता बोल्सोनारोको यो पहिलो औपचारिक विदेश भ्रमण हो । त्यसअघि उनी स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा सहभागी भएका थिए ।

उनी मंगलबार स्वदेश फर्किने कार्यक्रम छ । ब्राजिल फर्किएलगत्तै उनले चिली र मार्चको अन्त्यमा इजरायलको भ्रमण गर्ने बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ७ : ०० बजे

जाउलाखेलमा रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित ‘सक्षम सांसद,

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित,

काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस

काठमाडौं- एकासीऔँ विजय दिवसका अवसरमा काठमाडौंस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीको

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास

मुस्ताङ– यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल

तनहुँ जलविद्युत् आयोजना : रूख कटानको अनुमति प्राप्त

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका