ओलीले ३ गते आकाशतिर थुक्दा ८ गते आफ्नै मुखमा पर्‍यो : डा भट्टराई « Khabarhub

ओलीले ३ गते आकाशतिर थुक्दा ८ गते आफ्नै मुखमा पर्‍यो : डा भट्टराई


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत–समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ७० करोड कमिसन बार्गेनिङ गरिएको अडियो प्रधानमन्त्री केपी ओलीलाई पहिले नै थाहा भएपनि किन चुप लागेर बसे भन्दै प्रश्न गरेका छन् ।

उनले दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा अडियो पुगेको थियो भन्ने सुनिएको भन्दै थाहा पाएपछि प्रधानमन्त्री किन चुप बसेको भनेर प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारको थुप्रोमा बसेको भन्दै डा भट्टराईले प्रधानमन्त्रीले नै नाकैमुनि भ्रष्टाचार गराउँदा सुशासन र समृद्धि नआउने टिप्पपणी गरे । ‘देशका प्रधानमन्त्रीले नै नाकैमुनि भ्रष्टाचार गराउँदा सुशासन र समृद्धि नआउने भएकोले यो मुद्दा गम्भीर रूपमा आएको छ। दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा अडियो पुगेको थियो भन्ने सुनियो। थाहा हुँदा हुँदै प्रधानमन्त्री किन चुप बस्ने?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले आकाशतिर फर्केर थुक्दा त्यही थुक आफ्नै मुखमा परेको डा.भट्टराईले बताए ।

पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत शनिबार पर्वत आइपुगेका अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले फागुन ३ गते आफूमाथि औँला ठड्याएको बताए ।

‘भनिन्छ नि आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ। अस्ति ३ गते म माथि औँला ठड्याउनुभयो। मतिर फर्केर आकाशतिर थुक्नुभयो ८ गते त आफ्नै मुखमा पर्‍यो।’ उनले भने, ‘उहाँ अस्वस्थ हुनुहुन्छ। मेरो बोलीले उहाँलाई प्रतिकूलता पनि हुन सक्छ। त्यसैले योभन्दा बढी केही पनि भन्दिनँ।’

प्रधानमन्त्रीले समृद्धि भइरहेको दाबी गरेर सरकारका गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उनले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको बताए ।

सरकारका काम कारवाही र विभिन्न काण्डबाट पापको घैँटो फुटेको देखिएको बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ४ : २४ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष