वृद्धा बलात्कारको आरोपमा दुई जनाविरुद्ध मुद्दा « Khabarhub

वृद्धा बलात्कारको आरोपमा दुई जनाविरुद्ध मुद्दा


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुर जिल्लाको कटारी नगरपालिकामा वृद्धालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कटारीले दुई जनालाई पक्राउ गरी अनुसन्धानपछि आज म्याद थप गरेर मुद्दा चलाएको छ ।

कटारी नगरपालिका–३ का ४० वर्षीय वंश सदा र अर्का २३ वर्षीय मनोज सदाविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कटारीका प्रमख प्रेमसागर केसीले बताए ।

शुक्रबार दुवै जनाले जङ्गल नजिकै महिलालाई घर फर्कंदै गरेको अवस्थामा भेटेपछि पक्रेर बलात्कार गरेको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

घटना लगत्तै पीडितका परिवारले प्रहरीमा जाहेरी दिएपछि शनिबार दुवैलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको र आज म्याद थप गरेर बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताए ।

महिलाको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : २६ बजे

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व