कर्णाली प्रदेशसभामा पहिलो पटक ‘ढ्याप्ढ्यापे’ | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभामा पहिलो पटक ‘ढ्याप्ढ्यापे’


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभामा पहिलोपटक ‘ढ्याप्ढ्यापे समय’ प्रयोगमा ल्याइएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुखले सभाको काम–कारवाही शुरु भएको घोषणा गरेलगत्तै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले टेबुल ढ्याप्ढ्याप गर्दै बोल्न समय मागेका थिए ।
सभामुख राजबहादुर शाहीले ‘माननीयज्यू बोल्न चाहनुभएको हो रु’ भनेर सोधेलगत्तै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘हो’ भन्दै हात उठाए ।

सांसदहरुले यस अघि शून्य समय र विशेष समय मात्र प्रयोगमा ल्याएका थिए । सदनको कारवाही शुरु हुनुअघि सदस्यहरुले टेबुल ढ्याप्ढ्याप गर्दै बोल्न अनुमति माग्नुलाई संसदीय भाषामा ‘ढ्याप्ढ्यापे समय’ भन्ने गरिन्छ ।

प्रदेशसभाको नियमित काम–कारवाही शुरु नहुँदै नेता शाहीले सङ्घीय र प्रदेश सरकारको आलोचना गर्दै केही समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले मन्त्रीहरु सदनमा उपस्थित नहुने गरेको, विधेयक आफूले पनि नल्याउने र प्रदेशसभा सदस्यहरुले ल्याउन नदिने गरेको भन्दै आलोचना गरेका थिए ।

उनले विप्लव समूहमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै भने– “वार्ता र सहमतिको विकल्प छैन्, प्रदेश सरकारले वार्ताका लागि केन्द्र सरकारसमक्ष समन्वय गरोस् ।” उनले थपे–“विप्लब समूहका गतिविधिबाट कर्णालीका जनप्रतिनिधि त्रसित छन्, सरकारले प्रतिबन्ध होइन, वार्ताको माध्यमबाट अघि बढोस् ।”

ढ्याप्ढ्यापे समयमा प्रतिपक्षी दलका नेताले बोलिसकेपछि सभामुखले ‘कर्णाली प्रदेशमा खेलकूदको विकास गर्न बनेको विधेयक–२०७५’ संसद्मा प्रस्तुत गर्न सामाजिक विकासमन्त्री दल रावललाई समय दिएका थिए । उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सदस्यहरु ठम्मर विष्ट, यज्ञबहादुर विसी र विन्दमान विष्टले सरकारले खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको र प्रदेशका मौलिक खेलकूदको पहिचान तथा जगेर्ना हुने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ९ : ०३ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी