अब मोबाइलबाटै थाहा पाउनोस् पानी कति छ « Khabarhub

अब मोबाइलबाटै थाहा पाउनोस् पानी कति छ


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानीको विवरणबारे जानकारी दिने मोबाइल ‘एप्स’ सुरु गरेको छ ।

पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि यो ‘एप्स’ सुरु गरिएको हो ।

केयुकेएलले यो एप्सको सुरुआत महाराजगञ्ज शाखाबाट गरिएको जनाएको छ ।  एप्सबाट जुनसुकै स्थानमा बसेर पानीको परिमाण जान्न सकिने कार्यकारी निर्देशक मिलन शाक्यले बताए ।

उनका अनुसार कति पानीको परिमाण छ भन्ने जानकारी भएपछि त्यसैका आधारमा वितरण गर्न सकिनेछ।  मेलम्चीको पानी काठमाडौँ आएपछि सो ‘एप्स’ अझै प्रभावकारी हुन सक्ने उनले बताए ।

खानेपानीको वितरणलाई व्यवस्थित बनाउन केयुकेएलले प्रविधिको प्रयोग बढाउँदै गएको छ। लिमिटेडले यसको वार्षिकोत्सवमा यो एप्स सुरु गर्दा यससँगै सेवाग्राहीको गुनासो संकलन गर्ने एप्स पनि सुरु गरेको छ ।

विभिन्न स्थानका पाइपमा रहेका चुहावटसमेत समयमै जानकारी लिनका लागि प्रविधिको प्रयोग गर्ने लिमिटेडले जनाएको छ ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी आगामी असारसम्ममा काठमाडौँ उपत्यका ल्याउने तयारी गरिरहँदा लिमिटेडले भने त्यसको व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : १३ बजे

भोजपुर–चखेवा सडक बन्द

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक