अब मोबाइलबाटै थाहा पाउनोस् पानी कति छ | Khabarhub Khabarhub

अब मोबाइलबाटै थाहा पाउनोस् पानी कति छ


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानीको विवरणबारे जानकारी दिने मोबाइल ‘एप्स’ सुरु गरेको छ ।

पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि यो ‘एप्स’ सुरु गरिएको हो ।

केयुकेएलले यो एप्सको सुरुआत महाराजगञ्ज शाखाबाट गरिएको जनाएको छ ।  एप्सबाट जुनसुकै स्थानमा बसेर पानीको परिमाण जान्न सकिने कार्यकारी निर्देशक मिलन शाक्यले बताए ।

उनका अनुसार कति पानीको परिमाण छ भन्ने जानकारी भएपछि त्यसैका आधारमा वितरण गर्न सकिनेछ।  मेलम्चीको पानी काठमाडौँ आएपछि सो ‘एप्स’ अझै प्रभावकारी हुन सक्ने उनले बताए ।

खानेपानीको वितरणलाई व्यवस्थित बनाउन केयुकेएलले प्रविधिको प्रयोग बढाउँदै गएको छ। लिमिटेडले यसको वार्षिकोत्सवमा यो एप्स सुरु गर्दा यससँगै सेवाग्राहीको गुनासो संकलन गर्ने एप्स पनि सुरु गरेको छ ।

विभिन्न स्थानका पाइपमा रहेका चुहावटसमेत समयमै जानकारी लिनका लागि प्रविधिको प्रयोग गर्ने लिमिटेडले जनाएको छ ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी आगामी असारसम्ममा काठमाडौँ उपत्यका ल्याउने तयारी गरिरहँदा लिमिटेडले भने त्यसको व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : १३ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य