गर्भवती महिलालाई आयोडिनबारे चेतना « Khabarhub

गर्भवती महिलालाई आयोडिनबारे चेतना


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोर्खा – साल्ट ट्रेडिङ कर्पोरेशन पोखराले गोर्खाको बारपाकमा गर्भवती महिलालाई आयोडिन नुनको आवश्यकताबारे चेतनामुलक कार्यक्रम गरेको छ ।

कार्यालयले जनचेतना अभियान २०२० को अवसरमा ‘आयोडिन महिना २०२०’ अन्तर्गत गोर्खाको बारपाकमा सचेतना कार्यक्रम गरेको हो ।

गर्भवती महिलाको शरीरमा आयोडिनको मात्रा कम भएमा गर्भ खेर जाने, मृत शिशु जन्मिने र बौद्धिक अपाङ्गता भएको बच्चा जन्मिने लगायतका प्रचार सामग्रीसहित सचेतना कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सो अवसरमा हिमालय माध्यमिक विद्यालय बारपाकमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई आयोडिनयुक्त नुन, टिसर्ट, सपिङ झोला, पर्चा पम्लेटसहितका सामग्री प्रदान गरिएको थियो ।

सामग्री वितरण गर्दै साल्ट टेड्रिङ कर्पोरेशन पोखराका प्रमुख सुरेश राजभण्डारीले आयोडिनयुक्त नुन दैनिकरुपमा सेवन गर्दा शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत मिल्ने बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : ४४ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये