रुकुमका चार युवाले थाले १७ लाखमा सिस्नो पाउडर उद्योग « Khabarhub

रुकुमका चार युवाले थाले १७ लाखमा सिस्नो पाउडर उद्योग


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका ४ युवाले १७ लाख रुपैयाँको लगानीमा सिस्नो उद्योग सञ्चालनमा ल्याइ राम्रो आम्दानी गर्न थालेका छन् ।

उनीहरुले हिमालय सिस्नो पाउडर उद्योगबाट गाउँघरमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै अर्गानिक सिस्नो पाउडरबाट आम्दानी गर्नुका साथै स्थानीय युवाहरुलाई उद्यमशील बनाउन प्रेरित गरेका छन् ।

उद्योगबाट उत्पादित सिस्नो पाउडरले बजार भाउ समेत राम्रो पाउन थालेपछि उनीहरु व्यवसायबाट सन्तुष्ट बनेका छन् ।

रुकुम मुसिकोट नगरपालिका वडानम्बर –५, सेरीगाउँमा यसै वर्षको भदौ महिनाबाट सञ्चालनमा ल्याएका हुन् । हिमालय सिस्नो पाउडर उद्योगमा उत्पादित अर्गानिक सिस्नो ६ सय ५० रुपैंया प्रतिकिलोमा बिक्रि हुने गरेको छ ।

सिस्नो पाउडर स्थानीय बजारका साथै दाङ, बुटवल, काठमाडौं लगायत देशका विभिन्न ठाउँमा निर्यात हुने गरेको हिमालयन सिस्नो पाउडर उद्योगका सञ्चालक सुन्दर शर्माले बताए ।

चार जना युवा व्यवसायीले १७ लाख लगानी गरेर शुरु गरेको सिस्नो पाउडर उद्योगका लागि कर्णाली प्रदेश सरकार अन्तरगत जिल्ला वन कार्यालयले समेत दश लाख अनुदानको दिएको छ ।

हिमालय सिस्नो पाउडर उद्योगले साँख, स्याँलापाखा, भलाक्चा, चुन, चौखाबाङ्ग लगायत गाउँबाट २५ रुपैंयाँ प्रतिकेजीका दरले सिस्नो संकलन गर्दै आएको छ ।

संकलन गरिएको सिस्नोलाई पाउडर धूलो बनाउनु पूर्व सफा पानीले धोएर आल्मुनियको जालीमा सुकाईसकेपछि प्रविधिको सहायतामा अर्गानिक सिस्नो पाउडर उत्पादन हुने गर्छ ।

जिल्लामै पहिलो पटक सिस्नो पाउडर उद्योग सञ्चालनमा आएपछि व्यवसायीर्लाइ राम्रो आम्दानी गर्न थालेका छन् ।

उनीहरुले स्थानीय वनजंगल तथा घरआँगनमा खेर गईरहेको सिस्नोलाई संकलन गरी पाउडर धूलोको रुपमा उत्पादन गर्न थालेपछि धेरै स्थानीयले नैं सिस्नो पाउडर समेत मन पराउनुका साथै प्रयोग समेत गर्न थालेका छन् ।

पाउडरको रुपमा उत्पादन गरिएको सिस्नो विभिन्न खानाको परिकारसँग खान मिल्ने र स्वास्थ्यलाई समेत फाईदा पुग्ने भएकोले हाल स्थानीय बजार तथा जिल्ला बाहिर सिस्नो पाउडरको माग बढेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : ३२ बजे

जैमिनीमा कृषि संकलन केन्द्र निर्माण

गलकोट – स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा

गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि हेलिकप्टर गस्ती गर्दा सेनाको हेलिकप्टरले

मध्यपूर्व तनावको असर बलिउड–साउथ फिल्म बजारमा : यशको ‘टक्सिक’ जुनसम्म सर्‍यो

काठमाडौं– विश्वव्यापी रिलिजको तयारीमा रहेको दक्षिण भारतीय सुपरस्टार यश अभिनीत

डोल्पाको मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा उद्धार

काठमाडौं– उपल्लो डोल्पाको शे फोक्शुण्डो गाउँपालिका फोतगाउँस्थित दुर्गम मतदान केन्द्रमा

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व