स्वास्थ्यवर्धक गाजर, नियमित खाँदा फाइदैफाइदा | Khabarhub Khabarhub

स्वास्थ्यवर्धक गाजर, नियमित खाँदा फाइदैफाइदा


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजर तपाईंलाई कतिको मन पर्छ ? यदी मन पर्दैन भने पनि मन पराउन थाल्नुहोस् । गाजरका फाइदा यति धेरै छन कि तपाईंले नखाइ धरै पाउनु हुन्न ।

नियमित गाजर खानेका लागि यो स्वादिलो पनि छ । सलाद होस् वा अचार वा तरकारी । जे सुकैको रुपमा खाए पनि गाजरले जिउलाई स्वस्थ बनाउन सहयोग गर्दछ ।

गाजर नियमित खानुका फाइदा यी हुन्:

· रक्तअल्पताको समस्या भोगिरहेकाहरुका लागि गाजरको नियमित सेवन रामवाण बन्दछ । गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ । काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ । त्यस्तै भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ ।

· गाजरको नियमित सेवनले रगतलाई बढि गाढा हुनबाट रोक्दछ । जसका कारण मुटुरोगको जोखिम कम हुन्छ । मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा फाइदा पुग्दछ ।

· नियमित रुपमा गाजर खानाले खोकी, दम तथा पिसाब पोल्नेजस्ता समस्याबाट छुटकारा पाउन सहयोग मिल्दछ । गाजर खानाले स्वासनलीमा जमेको खोकी बाहिर निकाल्न समेत मद्दत पुग्दछ ।

· तपाईंलाई धेरै पाद आइरहने समस्या छ ? यदि त्यसो हो भने एक कप गाजरको रसमा दुई चम्चा काउलीको रस मिलाएर पिउनुहोस् । त्यसले ग्यास आइरहने समस्याबाट मुक्ति दिलाउछ ।

· गाजरमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । त्यसले यसको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै ढल्कँदो उमेरको नकारात्मक असर पनि कम गर्दछ । साथै यसले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ९ : २६ बजे

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा