ऐश्वर्याको २० वर्ष पहिलाको फोटो बन्यो एकाएक भाइरल « Khabarhub

ऐश्वर्याको २० वर्ष पहिलाको फोटो बन्यो एकाएक भाइरल


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऐश्वर्या राय बच्चनको उमेर ४५ वर्षको भइसक्यो तर उनको सुन्दरतामा कुनै कमी आएका छैन ।

सामान्य अर्थमा भन्दा उनी ४५ वर्ष उमेरकी जस्ती देखिन्नन् ।

बलिउडदेखि लिएर हलिउडसम्म आफ्नो पहिचान बनाएकी ऐश्वर्याको यतिबेला एउटा फोटो चर्चामा छ ।

इन्टरनेटमा भाइरल बनेको उक्त फोटो आजभन्दा २०/२२ वर्ष पुरानो भएको अनुमान गरिएको छ ।

जवानीमा ऐश्वर्यालाई पछ्याउनेको संख्या कमी थिएन । त्यसको कारण के हो भन्ने कुरा यो फोटोबाट पनि थाह हुन्छ ।

इन्टरनेटमा भाइरल भएको यो तस्वीरमा ऐश्वर्या कुनै स्टेडियममा बसेको देखिएको छ । उनको फोटोमा देखिएको हेयर स्टाइल पनि निकै आकर्षक देखिएको छ ।

फोटोमा ऐश्वर्या हासिरहेकी देखिएकी छिन् । उनले मेकअप पनि धेरै नगरेको अनुमानहरु कमेन्टहरुमा गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ऐश्वर्याको यो फोटो मिस वल्र्डको उपाधी जित्नुभन्दा पहिलाको हो । यसको अर्थ यो फोटो १९९४ भन्दा अघिको हो ।

पछिल्लो समय ऐश्वर्याको त्यति धेरै फिल्महरु आएका छैनन् । तर ऐश्वर्या चाडै सुरेन्द्र रेड्डीको फिल्ममा देखिने सम्भावना छ । रिपोर्टहरुका अनुसार यसका साथै उनले मणि रत्नमको एक फिल्म खेल्दैछिन् जसमा राम चरणको मूख्य भूमिका रहने छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १२ : १७ बजे

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य