प्रहरी नै हड्तालमा उत्रिएपछि ब्राजिलमा हत्याका घटना ५ गुणा बढे | Khabarhub Khabarhub

प्रहरी नै हड्तालमा उत्रिएपछि ब्राजिलमा हत्याका घटना ५ गुणा बढे


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– तलब सुविधा बढाउनुपर्ने माग राख्दै प्रहरी नै आन्दोलनमा उत्रिएपछि ब्राजिलको उत्तरी सेआरा राज्यमा हिंसात्मक घटनामा नाटकीय बृद्धि भएको छ ।

गत १९ फेब्रुअरीबाट राज्यका सशस्त्र प्रहरी हड्तालमा उत्रिएयता पछिल्ला ५ दिनमा १४७ जनाको हत्या भएको ब्राजिलका अधिकारीले जनाएका छन् । यो संख्या राज्यमा नियमितभन्दा ५ गुणा धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्राजिलियन कानूनको विरुद्धमा गएर प्रहरीहरु हड्तालमा उत्रिएपछि त्यहाँ सेना परिचालन गरिएको छ । सेना परिचालन गर्नुका बावजुद त्यहाँ हिंसात्मक घटनामा नाटकीय बढोत्तरी भएको हो ।

केही दिनअघिमात्रै सेअराको एउटा अदालतले आन्दोलनकारी प्रहरीलाई जेल सजाय हुनसक्ने फैसला गरेको थियो । त्यसयता २ सयजनाभन्दा धेरै प्रहरीलाई बर्खास्त गरिएको छ ।

हिंसात्मक घटना बढेसँगै त्यहाँ कार्निभल समारोहहरु स्थगित गरिएको छ । सोमबारमात्र केअरा राज्यको सोब्राल शहरमा एकजना सिनेटरको हत्या प्रयास गरिएको थियो । आन्दोलनकारी प्रहरीको भीडतर्फ जानेक्रममा उनलाई नकाबधारीले गोली प्रहार गरेका थिए ।

उनको स्थीर अवस्थामा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ५२ बजे

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर

इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान  

एजेन्सी – टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका