सरस्वतीका कप्तानलाई २ वर्ष प्रतिबन्ध, हिमालयन शेर्पाका व्यवस्थापकलाई ३० हजार जरिवाना « Khabarhub

सरस्वतीका कप्तानलाई २ वर्ष प्रतिबन्ध, हिमालयन शेर्पाका व्यवस्थापकलाई ३० हजार जरिवाना


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ ।

उनीहरुमाथि फिक्सिङमा संलग्न भएका कारण कारवाही गरिएको स्रोतको दाबी छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग नियमावली विपरित कार्य गरेको भन्दै उनीमाथि एन्फाको अनुशासन समितीले २ वर्षको प्रतिबन्ध लगाएको हो ।

दिपेशले लिगको ५९ औं खेल अन्तर्गत हिमालयन शेर्पा क्लबविरुद्धको खेलमा प्रतियोगिता नियमावलीको दफा २१(७) विपरित कार्य गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, अनुशासन समितिले २ बर्षको प्रतिबन्धसहित ५० हजार जरिवाना समेत गरेको छ ।

एन्फाले दिपेशको नाममा पत्र लेख्दै प्रतिबन्ध र जरिवानाबारे जानकारी समेत गराएको छ ।

उक्त खेलमै नियमावली विपरित गरेको भन्दै एन्फाले हिमालयउन शेर्पाका टीम व्यवस्थापक तथा गोलकिपर प्रशिक्षकलाई समेत कारबाही गरेको छ ।

एन्फाको अनुशासन समितीले हिमालयन शेर्पाका टिम व्यवस्थापकले नियमावलि विपरित कार्य गरेको भन्दै दफा २१(७) अन्तरगत रहेर ३० हजार जरिवाना गरेको छ भने शेर्पाकै गोलकिपर प्रशिक्षकलाई भने कडा चेतावनी दिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : २३ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ