मोवाइल पूरानो भयो, यसरी बनाउन सकिन्छ आफैंले नयाँ « Khabarhub

मोवाइल पूरानो भयो, यसरी बनाउन सकिन्छ आफैंले नयाँ


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्मार्टफोन स्लो भएर हैरान हुनेले फ्याक्ट्रि रिसेट गरेर मोवाइललाई नयाँ अवस्थामा नै पुर्‍याउन खोजेको पाइन्छ ।

कहिले काँहि गलत तरिकाले फ्याक्ट्रि रिसेट गर्दा फोनमा रहेको सबै डाटा डिलिट हुने पनि गर्दछ । यसरी स्मार्टफोनलाई फ्याक्ट्रि रिसेट गर्दा हुने गल्तीबाट बच्न तल केहि उपायहरु उल्लेख गरिएको छ ।

पहिले प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई फ्याक्ट्रि रिसेट गर्दा फोनमा भएको सबै डाटा डिलिट हुने छ भन्ने जानकारी हुनु पर्नेछ । डाटासँगै फोनमा रहेको एप्स, सेटिंग्स तथा पासवर्ड सबै डिलिट हुनेछ ।

फ्याक्ट्रि रिसेटपछि प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई किन्दाको अवस्थामा भएजस्तै पाउने छन्। त्यसैले फोनलाई फ्याक्ट्रि रिसेट गर्नुपहिले ब्याकअप लिनु पर्नेछ ।

आफ्नो फोनलाई जहिले फ्याक्ट्रि रिसेट गर्नुपरे पनि ब्याकअप लिन भुल्नु हुँदैन । त्यस्तै प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा रहेको डाटालाई कुनै अर्को मोबाइल वा ल्यापटमा सेभ गर्न पनि सक्ने छन् ।

यसबाहेक डाटालाई मेमोरी कार्डमा सेभ गर्न पनि सकिन्छ । याद रहोस् प्रत्येक स्मार्टफोनको अपरेटिंग सिस्टम अलग अलग हुने गर्दछ त्यसैले स्मार्टफोनलाई रिसेट गर्नका लागि अलग /अलग सेटिंग्स हुने गर्दछ ।

फोनलाई रिसेट गर्नका लागि फोनको सेटिंग्समा गएर प्राईभेसी वा ब्याकअप एन्ड रिसेट विकल्पमा गएर फ्याक्ट्रि रिसेटलाई सेलेक्ट गर्नुपर्दछ।यसपछि रिसेट फोनमा क्लिक गर्नुपर्नेछ । जसबाट प्रयोगकर्ताको स्मार्टफोन रिसेट हुनेछ ।

प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोनलाई पटकपटक फ्याक्ट्रि रिसेट गर्दा फोनको इन्टरनल स्टोरेजमा गलत प्रभाव पर्न सक्ने छ । त्यसैले निकै आवश्यक रहेको बेलामात्रै फ्याक्ट्रि रिसेट गर्ने गरौं ।

सावधानीपूर्वक फ्याक्ट्रि रिसेट गर्दा पूरानो मोवाइल पनि नयाँ झै गज्जवले चल्छ । सिस्टमले राम्रो काम गरेपछि तपाईले खुइलिएको वा विग्रिएको अवस्थाको कभरलाई पनि चेन्ज गरेर नयाँ ब्राण्डको मोवाइल झैं देखाउन सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : ४७ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र