प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता, प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव « Khabarhub

प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता, प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

दुवै नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टासम्म छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

दुवै नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टासम्म छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि खबरहबसँग कुरा गर्दै नेता डा. कोइरालाले भने, ‘पछिल्लो समयका विभिन्न प्रकरणले सरकारका विषयमा धेरै प्रश्न उठेका छन् । यस्तो अवस्थामा तपाईंले राजीनामा दिनु उपयुक्त हुन्छ भन्ने सल्लाह दिएँ । जवाफमा उहाँले प्रतिपक्षीको भूमिका मु बुझ्छु भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट आफूविरुद्ध विभिन्न षड्यन्त्रहरु भइरहेको भन्दै दुखेसो पोखेको पनि कोइरालाले सुनाए ।

भेटका क्रममा प्रधानमन्त्री ओली चिन्तित देखिएका पनि कोइरालाको भनाइ छ । ‘मुलुकप्रति उहाँको चिन्ता देखियो । अझै पनि सहकार्यबाटै मुलुकलाई समृद्धितर्फ लैजान सकिन्छ भन्नेमा नै उहाँले जोड दिनुयभो,’ कोइरालाले भने ।

कांग्रेस नेता कोइरालाले कुनै एक जना व्यक्तिका लागि संविधान संशोधन गर्ने कुरा उपयुक्त नहुने सुझाव आफूले प्रधानमन्त्रीलाई दिएको बताए ।

बुधबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका हालका अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि सकिन लाग्दा उनको ठाउँमा गौतमलाई नियुक्तिका लागि सिफरिस गर्न अनुरोध गर्ने नेकपाले निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्री ओलीले भने आफूलाई घेराबन्दी गर्नेगरी गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिसका लागि अनुरोध गर्ने निर्णय भएको भन्दै त्यसलाई नमान्ने बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : ३५ बजे

सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने कुराले उत्साहित छौँ : अध्यक्ष पाण्डे

काठमाडौं- लामो समयदेखि रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको

सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको भेट

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा

ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट कार्यान्वयन गर्न मन्त्रालयको पहल

काठमाडौं – ज्येष्ठ नागरिकका लागि कानुनमा सुनिश्चित गरिएका सुविधा प्रभावकारी