नेकपा नेतृ शाक्यको प्रश्न : नक्साको केक बनाएर काट्ने पार्ने संस्कार कहाँबाट आयो ? « Khabarhub

नेकपा नेतृ शाक्यको प्रश्न : नक्साको केक बनाएर काट्ने पार्ने संस्कार कहाँबाट आयो ?


१५ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जन्मदिनमा केक नकाट्न नेता कार्यकर्तालाई आग्रह गरेकी छन् ।

नेकपाका अध्यक्ष केपी ओ‌ली र पुष्पकमल दाहालसहितका नेताहरु उपस्थित रहेको नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा इन्चार्ज शाक्यले केक काट्ने संस्कृति नेपालीको नभएको बताइन् ।

उनले प्रश्न गरिन् ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?’

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा तेह्रथुम पुगेर नेपाली नक्शा आकारको केक काटेका थिए । प्रधानमन्त्रीले नेपाली नक्शा आकारको केट काटेको भन्दै चर्को आलोचना भएको थियौं ।

उक्त प्रकरणप्रति लक्षित गर्दै शाक्यले कम्युनिस्ट पार्टीका नेता कार्यकतामा सामन्ती संस्कार देखिनु चिन्ताजनक भएको बताइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  २ : १४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र