मन्दिर पुग्ने बाटो बनाउँदा पनि भ्रष्टाचार, उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा दर्ता « Khabarhub

मन्दिर पुग्ने बाटो बनाउँदा पनि भ्रष्टाचार, उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा दर्ता


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्र्गत पर्ने साकेत धाम (विष्णु मन्दिर) क्षेत्रमा पदमार्ग (खुड्किला बनाउने) कार्यमा आर्थिक अनियमितता भएको पाइएको छ ।

भीमदत्त नगरपालिकाले उपभोक्ता समितिमार्फत मन्दिर परिसरमा खड्किला निर्माण गर्ने निर्णय गरेको थियो ।

मन्दिरमा खुड्किला निर्माणका लागि स्थानीय कर्ण बहादुर विष्टको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो ।

आर्थिक वर्ष २०६५/०६६ मा उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष विष्टले मन्दिर क्षेत्रमा खुड्किला निर्माण गर्ने भनेर ४ लाख ५० हजार रुपैयाँ पेश्की बुझेका थिए ।

तर, उनले उक्त रकम लिए पनि निर्माण कार्य गरेको नदेखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्ष विष्टले आफूलाई गैरकानूनी लाभ पु¥याइ आर्थिक अनियमितता (भ्रष्टाचार) गरेको भेटिएको अख्तियारले जनाएको छ ।

अख्तियारले उपभोक्ता समितिका अध्यक्ष विष्टविरुद्ध ४ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ३ : २३ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,