जनकपुर बमकाण्डका दोषी पूर्वमन्त्री साह भ्रष्टाचारी ठहर « Khabarhub

जनकपुर बमकाण्डका दोषी पूर्वमन्त्री साह भ्रष्टाचारी ठहर


१५ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– जनकपुर बमकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका पूर्वमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ।

हाल नख्खु जेलमा थुनामा रहेका उनलाई विशेष अदालतले पनि सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार गरेको ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी ,शान्तिसिंह थापा र चन्द्रबहादुर सरुको इजलाशले साहलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो।

विशेषले साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद र १९ कराेड ४४ लाख ३८ हजार ९ सय बिगाे र साेही बराबर जरिवाना तोकेको छ ।

जन्मकैदको सजाय काटिरहेका पूर्वमन्त्री सञ्जयकुमार साह ‘टक्ला’विरुद्धका २०७३ पुस २५ र २०७४ चैत १६ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो । साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३१ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ८ : ०६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र