हेलिकोप्टरबाट सामग्री झरेपछि स्थानीयवासी चिन्तित « Khabarhub

हेलिकोप्टरबाट सामग्री झरेपछि स्थानीयवासी चिन्तित


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो ।

टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट पटक पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गरे ।

सोही गाउँका टेण्डी शेर्पाले सुरक्षित ढुवानीका लागि सम्बन्धित पक्षलाई बारम्बार आग्रह गरेको स्मरण गर्दै आफूहरुको सुझाव कार्यान्वयन नभएकोमा गुनासो गरे । उनले सुरक्षित ढुवानी गर्नेतर्फ कम्पनीले ध्यान नदिँदा मानवीय क्षति भएमा जिम्मेवारी नियमनकारी निकायले लिनुपर्छ भने ।

सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुडाँडाबाट खुम्बु क्षेत्रका लागि निर्माणलगायत दैनिक उपभोग्य वस्तु ढुवानी भइरहेको छ । निर्माण सामग्रीसहित काठसमेत झुण्ड्याएर ढुवानी हुँदा सुरक्षा जोखिम बढ्ने स्थानीयवासीको गुनासो रहेको छ ।

नेपाल नागरिक उड्डयन ऐन २०७३ मा विमानस्थलका अधिकारप्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराई कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु/गराउनु हुँदैन भन्ने उल्लेख छ ।

सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उडान तथा अवतरणको विषय आफूहरुको क्षेत्राधिकारभित्र नभएको जानकारी दिए ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले गाउँपालिकामा सडकको पहुँच नपुगेकाले हेलिकोप्टरबाट सामान ढुवानीको विकल्प नभएको बताए । उनले ढुवानीको गर्दा सम्बन्धित कम्पनीले ध्यान दिन आग्रह गरे ।

जस्तापाता खसेको विषयमा छानबिन गर्न चालक गुन्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए ।

सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूले भने, ‘हाम्रो सुरक्षा समितिको बैठकले पनि आवश्यक छलफलपछि निर्णय गर्छौँ, अहिलेलाई ढुवानी बन्द गरिएको छ ।’

यस विषयमा कैलाश एयरका व्यवस्थापक प्रतापजङ्ग पाण्डेसँग कुराकानी गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : १९ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको