थाहा पाउनुहोस कोलेस्ट्रोल कम गर्ने ११ घरेलु उपाय « Khabarhub

थाहा पाउनुहोस कोलेस्ट्रोल कम गर्ने ११ घरेलु उपाय


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

कोलेस्ट्रोल आफैंमा नराम्रो होइन । यो हाम्रा शरीरका लागि अत्यावश्यक छ । तर आवश्यकता भन्दा बढि कोलेस्ट्रोल हुनु हानिकारक छ ।

कोलेस्ट्रोल भनेको हाम्रो रगतमा हुने बोसोयुक्त मोलिक्युल हो । शरीरका लागि आवश्यक कोलेस्ट्रोल कलेजोले बनाउँछ । त्यसबाहेक खाएका खानेकुराहरुबाट पनि कोलेस्ट्रोल प्राप्त हुन्छ ।

शरीरका हरेक कोषहरुमा हुने कोलेस्ट्रोल रगतमा बढ्दै जाँदा रक्तनलीका भित्ताहरुमा टाँसिन्छ र रक्तनलीहरु कडा तथा साँघुरो हुदै जान्छ । त्यो जम्दै जाँदा रगत जाने बाटो साँघुरो हुने मात्रै हैन, थुनिने पनि हुन्छ जसले गर्दा हृदयघात तथा मस्तिष्कघात हुने खतरा बढेर जान्छ ।

यसरी शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्नुको मुख्य कारण अस्वस्थकर र असन्तुलित खानाको सेवन हो । त्यसैले कोलेस्ट्रोल घटाउने तर्फ लाग्नु पर्दछ । यसका लागी यि ११ खानेकुरा सेवन गर्नु लाभदायक हुन्छ ।

१. गेडागुडी
सिमी गेडागुडीलाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । विशेष गरेर राजमा, दालहरु कोलेस्ट्रोल घटाउनका लागि उपयोगी हुने गर्छन् ।

२. ओखर/बदाम
ओखर तथा बदाममा ओमेगा ३ लगायत शरीरका लागि उपयोगी तत्व हुन्छ । ओखर तथा बदामहरुको सेवनले खराब कोलेस्ट्रोल घटाउन उपयोगी हुन्छ ।

३. एवोकाडो
एवोकाडोको नियमित सेवनले शरीरको खराब कोलेस्ट्रोल प्रभावकारी ढंगले नियन्त्रण हुने गर्छ । एवोकाडोबाट पाइने पोटासियमले मुटु स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

४. बोसोयुक्त माछा
बोसोयुक्त माछा खादाँ पनि कोलेस्ट्रोल कम हुन्छ । यस्ता माछामा ओमेगा ३ पाइने भएकाले शरीरका खराब कोलेस्ट्रोल घटाई राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

५. बैगुन
बैगुन अर्थात भन्टा खादाँ केहीलाई एलर्जी भएपनि कोलेस्ट्रोलका समस्या हुनेहरुका लागि यो अत्यन्तै लाभदायी वस्तु हो । बैगुनले शरीरमा कोलेस्ट्रोल घटाउन सहयोग गर्छ ।

६. भटमास
कोलेस्ट्रोलको समस्या हुनेहरुले खानैपर्ने अर्को अन्न हो, भटमास । भटमासले खराब कोलेस्ट्रोललाई घटाउने काम गर्छ । भटमास प्रोटिनको सर्वोत्तम स्रोत मानिन्छ ।

७. फलफूल
कोलेस्ट्रोलको समस्या हुनेहरुका लागि स्याउको सेवन फाइदा हुन्छ । विशेष गरी स्याउमा पाइने पेक्टिन फाइबरले शरीरमा भएको खराब कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ ।

८. ओटमिल
फाइबरले भरिपूर्ण ओटमिल बिहानको खाजामा सर्वोत्तम मानिन्छ । खासगरी ओटमिलमा पाइने घुलनशील फाइबरहरु शरीरमा कोलेस्ट्रोल घटाउन निक्कै उपयोगी हुने गर्छन् ।

९. काला चकलेट
काला चकलेटको नियमित सेवनले शरीरमा खराब कोलेस्ट्रोल घटाउँछ । तर चिनी वा गुलियो मिसाएर बनाइएको चकलेट भन्दा कोका रहेको चकलेटको सेवन उत्तम हुन्छ ।

१०. वनस्पति तेलहरु
शरीरमा खराब कोलेस्ट्रोल बढ्न नदिन सूर्यमुखी वा जैतुनको तेलहरु राम्रो विकल्प हो । तर तेलले मात्र कोलेस्ट्रोल घट्ने भन्ने चाहिँ हुदैन ।

११. चिया
फिक्का वा हरियो चियाको सेवन कोलेस्ट्रोल घटाउन लागि फाइदाजनक मानिन्छ । यसले मुटुसम्बन्धी समस्याहरुबाट पनि बचाउँछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ३९ बजे

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसलाको प्रतिक्षा

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका