थाहा पाउनुहोस कोलेस्ट्रोल कम गर्ने ११ घरेलु उपाय | Khabarhub Khabarhub

थाहा पाउनुहोस कोलेस्ट्रोल कम गर्ने ११ घरेलु उपाय


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कोलेस्ट्रोल आफैंमा नराम्रो होइन । यो हाम्रा शरीरका लागि अत्यावश्यक छ । तर आवश्यकता भन्दा बढि कोलेस्ट्रोल हुनु हानिकारक छ ।

कोलेस्ट्रोल भनेको हाम्रो रगतमा हुने बोसोयुक्त मोलिक्युल हो । शरीरका लागि आवश्यक कोलेस्ट्रोल कलेजोले बनाउँछ । त्यसबाहेक खाएका खानेकुराहरुबाट पनि कोलेस्ट्रोल प्राप्त हुन्छ ।

शरीरका हरेक कोषहरुमा हुने कोलेस्ट्रोल रगतमा बढ्दै जाँदा रक्तनलीका भित्ताहरुमा टाँसिन्छ र रक्तनलीहरु कडा तथा साँघुरो हुदै जान्छ । त्यो जम्दै जाँदा रगत जाने बाटो साँघुरो हुने मात्रै हैन, थुनिने पनि हुन्छ जसले गर्दा हृदयघात तथा मस्तिष्कघात हुने खतरा बढेर जान्छ ।

यसरी शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्नुको मुख्य कारण अस्वस्थकर र असन्तुलित खानाको सेवन हो । त्यसैले कोलेस्ट्रोल घटाउने तर्फ लाग्नु पर्दछ । यसका लागी यि ११ खानेकुरा सेवन गर्नु लाभदायक हुन्छ ।

१. गेडागुडी
सिमी गेडागुडीलाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । विशेष गरेर राजमा, दालहरु कोलेस्ट्रोल घटाउनका लागि उपयोगी हुने गर्छन् ।

२. ओखर/बदाम
ओखर तथा बदाममा ओमेगा ३ लगायत शरीरका लागि उपयोगी तत्व हुन्छ । ओखर तथा बदामहरुको सेवनले खराब कोलेस्ट्रोल घटाउन उपयोगी हुन्छ ।

३. एवोकाडो
एवोकाडोको नियमित सेवनले शरीरको खराब कोलेस्ट्रोल प्रभावकारी ढंगले नियन्त्रण हुने गर्छ । एवोकाडोबाट पाइने पोटासियमले मुटु स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

४. बोसोयुक्त माछा
बोसोयुक्त माछा खादाँ पनि कोलेस्ट्रोल कम हुन्छ । यस्ता माछामा ओमेगा ३ पाइने भएकाले शरीरका खराब कोलेस्ट्रोल घटाई राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

५. बैगुन
बैगुन अर्थात भन्टा खादाँ केहीलाई एलर्जी भएपनि कोलेस्ट्रोलका समस्या हुनेहरुका लागि यो अत्यन्तै लाभदायी वस्तु हो । बैगुनले शरीरमा कोलेस्ट्रोल घटाउन सहयोग गर्छ ।

६. भटमास
कोलेस्ट्रोलको समस्या हुनेहरुले खानैपर्ने अर्को अन्न हो, भटमास । भटमासले खराब कोलेस्ट्रोललाई घटाउने काम गर्छ । भटमास प्रोटिनको सर्वोत्तम स्रोत मानिन्छ ।

७. फलफूल
कोलेस्ट्रोलको समस्या हुनेहरुका लागि स्याउको सेवन फाइदा हुन्छ । विशेष गरी स्याउमा पाइने पेक्टिन फाइबरले शरीरमा भएको खराब कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ ।

८. ओटमिल
फाइबरले भरिपूर्ण ओटमिल बिहानको खाजामा सर्वोत्तम मानिन्छ । खासगरी ओटमिलमा पाइने घुलनशील फाइबरहरु शरीरमा कोलेस्ट्रोल घटाउन निक्कै उपयोगी हुने गर्छन् ।

९. काला चकलेट
काला चकलेटको नियमित सेवनले शरीरमा खराब कोलेस्ट्रोल घटाउँछ । तर चिनी वा गुलियो मिसाएर बनाइएको चकलेट भन्दा कोका रहेको चकलेटको सेवन उत्तम हुन्छ ।

१०. वनस्पति तेलहरु
शरीरमा खराब कोलेस्ट्रोल बढ्न नदिन सूर्यमुखी वा जैतुनको तेलहरु राम्रो विकल्प हो । तर तेलले मात्र कोलेस्ट्रोल घट्ने भन्ने चाहिँ हुदैन ।

११. चिया
फिक्का वा हरियो चियाको सेवन कोलेस्ट्रोल घटाउन लागि फाइदाजनक मानिन्छ । यसले मुटुसम्बन्धी समस्याहरुबाट पनि बचाउँछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ३९ बजे

पहलगाम घटनापछि पाकिस्तानीलाई भारत छोड्न निर्देशन, सिन्धु जल सम्झौता पनि खारेज

काठमाडौं – काश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर निर्णय

तराईमा आगामी दुई दिन अत्यधिक गर्मी हुने, सावधानी अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी

कश्मिरमा मारिएका सुदीपको शव आजै लखनउ हुँदै बुटवल ल्याइने

काठमाडौं – काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

काठमाडौं – पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश

काठमाडौं महानगरले थाल्यो सहकारीको अनुगमन

काठमाडौं – काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूको नियमित र