जंगली जनावर नियन्त्रण गर्न शुक्लाफाँटामा ‘फेन्सिङ’ गरिँदै « Khabarhub

जंगली जनावर नियन्त्रण गर्न शुक्लाफाँटामा ‘फेन्सिङ’ गरिँदै


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने जङ्गली जनावर नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिकाले ‘टू फेन्सिङ’ तार जडान शुरु गर्न लागेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु एक करोड र नगरपालिकाको रु ६४ लाखको लागतमा फेन्सिङ तार जडानको कार्य हुन लागेको हो ।

ठेक्का प्रक्रियामार्फत जङ्गली जनावर नियन्त्रणका लागि पाँच किलोमिटर क्षेत्रमा तार जडानको काम हुन लागेको नगरप्रमुख दिलबहादुर ऐरले बताए ।

जङ्गली जनावरको समस्या रहेका वडा नं ३, ४ र ५ मा चालु आवमा फेन्सिङ तार जडानको काम गरिने उनले जानकारी दिए ।

गत आवमा सामाजिक विकास मन्त्रालयको रु एक करोड र नगरपालिकाको रु १६ लाख ५० हजारको लागतमा चार किलोमिटर क्षेत्रमा फेन्सिङ तार जडान गरिएको थियो ।

तार जडानपछि निकुञ्जबाट किसानका खेतमा छिरेर अन्नबाली खाई नोक्सान पु¥याउने नीलगाई, बँदेल, बाह्रसिङ्गा, चित्तललगायत जनावर नियन्त्रण भएका छन् । फेन्सिङ तार जडानसँगै मानव र जङ्गली जनावरबीचको द्वन्द्व कम भएको नगरप्रमुख ऐरले बताए ।

हात्ती नियन्त्रण गर्न गाह्रो

टू फेन्सिङ तार जडानपछि नीलगाई, बँदेल, बाह्रसिङ्गा, चित्तललगायतका जनावर नियन्त्रण भए पनि जङ्गली हात्तीको बथान भने नियन्त्रण गर्न सकिएको छैन ।

फेन्सिङ तार तोडेर हात्ती बस्तीमा छिर्ने गरेका छन् । रुखको हाँगाले तारमा तेस्र्याइ तार तोडेर हात्ती बस्तीमा प्रवेश गरी उपद्रो मच्चाउँदै आएका छन् ।

दुई दिनअघिमात्रै जङ्गली हात्तीको बथानले वडा नं ५ को खजुवा र गर्जमुनिका किसानको खेतमा छिरेर एकैरात नौ बिघा बढी क्षेत्रफलमा लगाइएको गहुँबालीमा नोक्सानी पुर्‍याएको थियो ।

हात्तीको आतङ्कबाट नगरपालिकाका १० वडा प्रभावित छन् । केही महिनाअघि मात्रै जङ्गली हात्तीको बथानले वडा नं १ गणेशपुरका बलदेव बोहराको ज्यानसमेत लिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : २६ बजे

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक