जंगली जनावर नियन्त्रण गर्न शुक्लाफाँटामा ‘फेन्सिङ’ गरिँदै | Khabarhub Khabarhub

जंगली जनावर नियन्त्रण गर्न शुक्लाफाँटामा ‘फेन्सिङ’ गरिँदै


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने जङ्गली जनावर नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिकाले ‘टू फेन्सिङ’ तार जडान शुरु गर्न लागेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु एक करोड र नगरपालिकाको रु ६४ लाखको लागतमा फेन्सिङ तार जडानको कार्य हुन लागेको हो ।

ठेक्का प्रक्रियामार्फत जङ्गली जनावर नियन्त्रणका लागि पाँच किलोमिटर क्षेत्रमा तार जडानको काम हुन लागेको नगरप्रमुख दिलबहादुर ऐरले बताए ।

जङ्गली जनावरको समस्या रहेका वडा नं ३, ४ र ५ मा चालु आवमा फेन्सिङ तार जडानको काम गरिने उनले जानकारी दिए ।

गत आवमा सामाजिक विकास मन्त्रालयको रु एक करोड र नगरपालिकाको रु १६ लाख ५० हजारको लागतमा चार किलोमिटर क्षेत्रमा फेन्सिङ तार जडान गरिएको थियो ।

तार जडानपछि निकुञ्जबाट किसानका खेतमा छिरेर अन्नबाली खाई नोक्सान पु¥याउने नीलगाई, बँदेल, बाह्रसिङ्गा, चित्तललगायत जनावर नियन्त्रण भएका छन् । फेन्सिङ तार जडानसँगै मानव र जङ्गली जनावरबीचको द्वन्द्व कम भएको नगरप्रमुख ऐरले बताए ।

हात्ती नियन्त्रण गर्न गाह्रो

टू फेन्सिङ तार जडानपछि नीलगाई, बँदेल, बाह्रसिङ्गा, चित्तललगायतका जनावर नियन्त्रण भए पनि जङ्गली हात्तीको बथान भने नियन्त्रण गर्न सकिएको छैन ।

फेन्सिङ तार तोडेर हात्ती बस्तीमा छिर्ने गरेका छन् । रुखको हाँगाले तारमा तेस्र्याइ तार तोडेर हात्ती बस्तीमा प्रवेश गरी उपद्रो मच्चाउँदै आएका छन् ।

दुई दिनअघिमात्रै जङ्गली हात्तीको बथानले वडा नं ५ को खजुवा र गर्जमुनिका किसानको खेतमा छिरेर एकैरात नौ बिघा बढी क्षेत्रफलमा लगाइएको गहुँबालीमा नोक्सानी पुर्‍याएको थियो ।

हात्तीको आतङ्कबाट नगरपालिकाका १० वडा प्रभावित छन् । केही महिनाअघि मात्रै जङ्गली हात्तीको बथानले वडा नं १ गणेशपुरका बलदेव बोहराको ज्यानसमेत लिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : २६ बजे

भक्तपुरमा गरियो विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास

काठमाडौं– भक्तपुरमा विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास गरिएको छ

रेविकालाई न्याय माग्दै प्रदर्शन, पक्राउ परे आठजना विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली

बजेट आउने अघिल्लो दिन १७ अंकले बढ्यो नेप्से 

काठमाडौं–सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि भोलि बिहीबार (जेठ १५

भारतका माओवादी नेताको हत्याको नेपालमा विरोध (तस्बिरहरू)

काठमाडौं– भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘वसवराज’को

लगातार १० बैठकमा गयल लुम्बिनीकी प्रदेश सभा सदस्य गुरुङ पदमुक्त

काठमाडौं– डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्य