सुर्खेतमा जीप दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

सुर्खेतमा जीप दुर्घटना, एक जनाको मृत्यु


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु.१.ज ४०७९ नंको बलेरो जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो ।

मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । नेपालगञ्जबाट सिम्ता जामुने बजार सुर्खेततर्फ गइरहेको उक्त जीप सडकको बायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए ।

प्रहरी निरीक्षक माधव चौधरी नेतृत्वको टोलीले सिम्ता–९ सुर्खेत निवासी २६ वर्षीय जीप चालक जीवन पुनको गाडीको अघिल्लो भागले च्यापिएको अवस्थामा उद्धार गरेको प्रवक्ता रावलले बताए ।

उनका अनुसार चालक पुनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ । घटनामा सिम्ता–९का १९ वर्षीय जयबहादुर अधिकारी, ३० वर्षीय सूर्यबहादुर रोकाया, २८ वर्षीय ईश्वर गिरी र २२ वर्षीय बिरुनाथ योगी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ५४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र