वर्तमान सरकारको नेतृत्वको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

वर्तमान सरकारको नेतृत्वको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारको नेतृत्वको विकल्प नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीभित्र अर्को प्रधानमन्त्रीका सम्बन्धमा खोजी चर्चा नभएको प्रष्ट पारे ।

रक्षामन्त्रीसमेत रहेका उनले वर्तमान सरकार आफ्नो हैसियतमा रहेकाले सार्वजनिक भएका समाचारप्रति अलमल र चिन्ता नलिन कार्यकर्तालाई आह्वान गरे ।

पार्टी सचिवालयले उपाध्यक्षलाई राष्ट्रिय सभामा मनोनितको सिफारिश गर्ने निर्णय आफ्नो प्रक्रियाबाट भएको र कार्यान्वयन हुनका लागि भएको तर यसको विधि र प्रक्रिया रहेकाले त्यसविरुद्ध प्रधानमन्त्रीले केही नबोलेको पनि बताए ।

उनले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि मात्र संविधान संशोधन नगरी अभ्यास, अनुभव र औचित्यका आधारमा हुने बताए ।

उनले मुलुकमा अस्थिरता उत्पन्न गर्न भइरहेका विभिन्न षड्यन्त्रलाई परास्त गरिने जिकिर गर्दै पार्टीभित्र विवाद सिर्जना गर्ने कार्य भइरहेको उल्लेख गरे ।

स्वेतपत्र कसैलाई वदनितपूर्णबाट होच्याउने आधारमा नभएकाले सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको र यसमा भएका केही मिति सच्याइने उनले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ३७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र