असुरक्षा बढेको भन्दै जर्मन दूतावासले नेपाल सरकारलाई लेख्यो पत्र | Khabarhub Khabarhub

असुरक्षा बढेको भन्दै जर्मन दूतावासले नेपाल सरकारलाई लेख्यो पत्र


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालस्थित जर्मन दूतावासले असुरक्षा बढेको भन्दै नेपाल सरकारलाई पत्र लेखेको छ ।

पत्रमा दूतावास परिसरमा भएको अतिक्रमणलाई हटाउन माग गरिएको छ । दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा अतिक्रमण रोक्न नेपाल सरकारले उचित कदम नचालेकोमा असन्तुष्टी जनाइएको छ ।

पत्रमा दूतावासले शिशिर नाहाटाको प्राविधिक टिमले दूतावासको पर्खाल भत्काउने र त्यसलाई आफ्नो हुने गरी निर्माण गर्ने घोषणा गरेको दाबीपछि अतिक्रमण बढेको उल्लेख छ ।

सम्बन्धित अधिकारी तथा छिमेकीहरुसँग छलफलबिना नै नाहाटाले दूतावासको पर्खाल आडमा खन्ने काम गरेको दूतावासले जनाएको छ।

नाहाटाको उक्त कार्यलाई दूतावासविरुद्धको भौतिक आक्रमणको रुपमा लिइएको जर्मनी दूतावासले जनाएको छ। यसलाई दूतावासले कूटनीतिक मामिला सम्बन्धि भियना कन्भेन्सनविरुद्धको कार्य भनेको छ।

जर्मन दूतावासले आफ्नो सम्पत्तिको रक्षा गरिदिन सुरक्षा माग्दै झण्डै दुई महिना अघि पनि पत्र लेखेको थियो । सो पत्रको पनि वेवास्ता भएपछि दूतावासले परराष्ट्र मन्त्रालयलाई अर्को पत्र पठाएको हो ।

पहिलो पत्र सन् २०१९ डिसेम्बर ११ र दोस्रो पत्र सन् २०२० जनवरी ३० का दिन परराष्ट्रलाई लेख्दै भियना कन्भेन्सन विपरीत कार्य भएकोमा आपत्ति समेत जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ११ : १० बजे

१५ औं महाधिवेशनको मिति तोक्न डिला संग्रौलाको प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १५ औँ

‘उत्कृष्ट कृषि केन्द्रलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाऔँ’

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले कृषि क्षेत्र हरेक नेपालीको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने

कुलिङ पिरियडमाथि भएको छेडखानी जनता र संसद् माथिको आक्रमण : सरिता प्रसाईं

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सरिता प्रसाईंले

हलेसी तुवाचुङमा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको