विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न नदिएपछि नेकपा नेता भीम रावल असन्तुष्ट | Khabarhub Khabarhub

विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न नदिएपछि नेकपा नेता भीम रावल असन्तुष्ट


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न रोकिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

शनिवार विहान काठमाडौंबाट धनगढी गएका नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलले विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नदिइएको भन्दै पत्रकार सम्मेलन मार्फत असन्तुष्टि पोखेका हुन् ।

शनिवार विहान काठमाडौंबाट श्रीएअरको विमानमार्फत धनगढी पुगेका नेता रावलले आफूमाथि भीआइपी कक्षमा जानबाट रोकिएको र त्यस्तो व्यवहारले आश्चर्य लागेको बताए ।

‘मलाई किन रोकेको होला भन्ने कौतुहलता जागेको छ र मलाई अलिक आश्चर्य पनि लागेको छ’ पत्रकार सम्मेलनमा उनले भने ।

आफूले प्रतिनिधिसभा सदस्यको हैसियत र विगतमा राज्यका विभिन्न निकायको, राज्यको मर्यादाक्रम भएको हैसियतमा विमास्थलको विशिष्ट कक्ष उपयोग गर्ने गरेको बताउँदै नेता रावलले भने,‘राज्यले, सरकारले अब उपरान्त यो–यो पदको मान्छेले मात्र विशिष्ट कक्ष प्रयोग गर्न पाउने निर्णय गर्‍यो भने स्वीकार्य छ ।’

आफू धनगढी आएकै जहाजमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं फर्कने कार्यतालिका रहेको पनि आफूले धनगढी आएर मात्र थाहा पाएको उनले बताए ।

आफू धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम भएको र यो पार्टीको यहाँको कार्यालयलाई पूर्व जानकारी रहेको उल्लेख गर्दै उनले भने,‘राष्ट्रपतिको कार्यतालिकाबारे पार्टीको कुनै निकायबाट पनि जानकारी गराइएन ।’

गणतन्त्रमा जनता सार्वभौम हुने रजनताका प्रतिनिधिको पनि आफ्नो स्थान हुने भन्दै रावलले आफूमाथि गरिएको व्यवहारले आश्चर्य लागेको बताए ।

‘किन त्यस्तो व्यवहार गरियो मलाई आश्चर्य लागेको छ, गणतन्त्रमा जनतालाई सार्वभौम भन्छौं । जनताका प्रतिनिधिको पनि आफ्नो स्थान हुन्छ’ नेता रावलले भने,‘सुरक्षा वा विभिन्न परिस्थिति र अवस्था हुन्छन् म बुझ्छु तर हामी जत्तिको व्यक्तिलाई पूर्व जानकारी हुनुपर्छ ।’

विमानस्थलमा राष्ट्रपतिको सवारीका क्रममा अन्य कयौं गाडीहरुलाई निर्वाध रुपमा जान दिइएको भएपनि विगतमा महत्वपूर्ण जिम्मेवारी लिएको व्यक्तिलाई यसरी रोकिएको बारे आफूलाई कौतुहलता जागेको उनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ३ : ५८ बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा