विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न नदिएपछि नेकपा नेता भीम रावल असन्तुष्ट « Khabarhub

विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न नदिएपछि नेकपा नेता भीम रावल असन्तुष्ट


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न रोकिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

शनिवार विहान काठमाडौंबाट धनगढी गएका नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलले विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नदिइएको भन्दै पत्रकार सम्मेलन मार्फत असन्तुष्टि पोखेका हुन् ।

शनिवार विहान काठमाडौंबाट श्रीएअरको विमानमार्फत धनगढी पुगेका नेता रावलले आफूमाथि भीआइपी कक्षमा जानबाट रोकिएको र त्यस्तो व्यवहारले आश्चर्य लागेको बताए ।

‘मलाई किन रोकेको होला भन्ने कौतुहलता जागेको छ र मलाई अलिक आश्चर्य पनि लागेको छ’ पत्रकार सम्मेलनमा उनले भने ।

आफूले प्रतिनिधिसभा सदस्यको हैसियत र विगतमा राज्यका विभिन्न निकायको, राज्यको मर्यादाक्रम भएको हैसियतमा विमास्थलको विशिष्ट कक्ष उपयोग गर्ने गरेको बताउँदै नेता रावलले भने,‘राज्यले, सरकारले अब उपरान्त यो–यो पदको मान्छेले मात्र विशिष्ट कक्ष प्रयोग गर्न पाउने निर्णय गर्‍यो भने स्वीकार्य छ ।’

आफू धनगढी आएकै जहाजमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं फर्कने कार्यतालिका रहेको पनि आफूले धनगढी आएर मात्र थाहा पाएको उनले बताए ।

आफू धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम भएको र यो पार्टीको यहाँको कार्यालयलाई पूर्व जानकारी रहेको उल्लेख गर्दै उनले भने,‘राष्ट्रपतिको कार्यतालिकाबारे पार्टीको कुनै निकायबाट पनि जानकारी गराइएन ।’

गणतन्त्रमा जनता सार्वभौम हुने रजनताका प्रतिनिधिको पनि आफ्नो स्थान हुने भन्दै रावलले आफूमाथि गरिएको व्यवहारले आश्चर्य लागेको बताए ।

‘किन त्यस्तो व्यवहार गरियो मलाई आश्चर्य लागेको छ, गणतन्त्रमा जनतालाई सार्वभौम भन्छौं । जनताका प्रतिनिधिको पनि आफ्नो स्थान हुन्छ’ नेता रावलले भने,‘सुरक्षा वा विभिन्न परिस्थिति र अवस्था हुन्छन् म बुझ्छु तर हामी जत्तिको व्यक्तिलाई पूर्व जानकारी हुनुपर्छ ।’

विमानस्थलमा राष्ट्रपतिको सवारीका क्रममा अन्य कयौं गाडीहरुलाई निर्वाध रुपमा जान दिइएको भएपनि विगतमा महत्वपूर्ण जिम्मेवारी लिएको व्यक्तिलाई यसरी रोकिएको बारे आफूलाई कौतुहलता जागेको उनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ३ : ५८ बजे

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग