आरोप लगाउने महिलासँग मेरो चिनजान नै छैन : मुख्यमन्त्री राई « Khabarhub

आरोप लगाउने महिलासँग मेरो चिनजान नै छैन : मुख्यमन्त्री राई


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध मुद्दा हाल्ने महिलासँग आफ्नो चिनजान नै नरहेको दाबी गरेका छन ।

प्रेस संगठनले शनिबार सुनसरीको इटहरीमा गरेको कार्यक्रममा मुख्यमन्त्री राईले आफूमाथि आरोप लगाउने महिलासँग चिनजान नै नरहेको दाबी गरे । ‘जुन महिलाले ममाथि आरोप लगाएकी छन्, तिनीसँग मेरो चिनजान नै भएको छैन’, उनले भने।

शुक्रबार तत्कालीने एमालेको युवा संगठनकी नेतृ बालिका खड्काले मुख्यमन्त्री राईसँग आफ्नो सम्बन्ध रहेको भन्दै पति नाता कायम गराइ अंश दिलाई पाऊँ भन्दै काठमाडौँ अदालतमा मुद्दा दर्ता गरेपछि शनिबार मुख्यमन्त्री राईको धारणा सार्वजनिक भएको हो ।

उनले आफू सञ्चारमन्त्री हुँदा देखिनै मोबाइलमा निरन्तर रुपमा म्यासेज आउने गरेको बताउँदै उनले आफूले ती म्यासेज जस्ताको तस्तै प्रधानमन्त्रीलाई समेत देखाएको बताए।

‘ती म्यासेजहरुलाई जस्ताको तस्तै मोबाइलमा राखेर सञ्चारमन्त्रीको हैसियतमा प्रधानमन्त्रीज्यूलाई देखाएँ। उहाँ पनि अचम्मित हुनुभयो’, उनले भने, ‘यसभन्दा अगाडि पनि तपाईँका बारेमा एउटा गलत पोको लिएर मान्छेहरु आएका थिए। आज प्रमाणित भयो, तपाईमाथि ठूलो षड्यन्त्र भएको रहेछ। अब तपाई ढुक्कले केही विचलित नभई आफ्नो काममा अगाडि बढ्नुस्, कसैलाई केही प्रतिक्रिया नदिनुस्। मैले मान्छे चिनें, बुझें, प्रधानमन्त्रीजीले भन्नुभयो।’

उनले आफूलाई बदनाम गराउने गिरोह नै संलग्न रहेको र त्यस विषयमा पार्टी पोलिटब्युरोमा छलफल भइ आरोपहरु गलत भएको र आरोप लगाउने पात्र नै गलत भएको निष्कर्ष निकालेको बताए।

उनले अध्यक्षको अनुमति मागेर आफूले सात पेज म्यासेज र ६ वटा नम्बरसहित सीर्आबीमा उजुरी दिएको समेत बताए । उनले आफूमाथि निरन्तर रुपमा षड्यन्त्र हुँदा पनि आफूले कुनै प्रतिक्रिया नदिएको बताए । आफू भुइँतहबाट आएको मान्छे भएको आर्थिक र नैतिक मामिलामा कसैले पनि खोट लगाउन सक्ने ठाउँ नबनाएको दावी गरे।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : १५ बजे

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग