लुटको स्वर्ग जारी रहँदैन भनेर राजनीतिक स्थायित्व नचाहनेहरु छन् : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

लुटको स्वर्ग जारी रहँदैन भनेर राजनीतिक स्थायित्व नचाहनेहरु छन् : उपप्रधानमन्त्री पोखरेल


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीय प्रणालीमा सबै विषयमा पार्टीको निर्देशन मान्ने कुरा सम्भव नहुने उल्लेख गरेका छन् ।

प्रेस सङ्गठन प्रदेश नं १ ले शनिवार आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा उपप्रधान मन्त्री पोखरेलले पार्टीको निर्देशन मान्ने भनेको पार्टीका नीतिहरु मान्ने र पार्टीको घोषणापत्रलाई कार्यान्वयन गर्ने भएको बताए ।

‘सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरुलाई एउटा-एउटा कुराको खोजीनीति गरेर सरकार चल्दैन । पार्टीलाई मान्नु भनेको त्यो चिज होइन । पार्टीलाई मान्नु भनेको के हो भने पार्टीका घोषित नीतिलाई पालन गर्नु हो । घोषणापत्रलाई कार्यान्वयन गर्नु । पार्टीले अगाडि सारेका कार्यक्रमिक कुराहरुलाई सघाउनु । त्यसलाई लागू गर्नु । सरकारको काम त्यो हो’ उनले भने, तर, एउटा-एउटा कुरामा यो भयो कि त्यो भएन भनेर सरकारको कुरा गर्न थाल्यौं भने हामी चैं एकदम अप्ठ्यारोमा पर्छौं ।’

उनले देशमा राजनीतिक स्थायित्व नचाहनेहरु भएको आरोप लगाए ।

‘लामै समयसम्म खेलोमेलो गरेर लुट्नसम्म लुट्नेहरु छन् यहाँभित्र । ठुल्ठूला बिग हाउस बनाएर बसेकाहरु छन् । व्यवसायिक घरानाहरु छन् । उनीहरुले अनेक धन्दा चलाए यसवीचमा’ उनले भने,’ राजनीतिक पार्टीका नेताहरुको छाता ओढेर कतिपयले त्यस्तो काम गरेका छन् । हो, ती मान्छेहरु अहिले सलमलाउँदैछन् । उनीहरु कराउन खोज्दैछन् । छटपटिँदैछन् । यो चिज बुझ्नुपर्ने जरुरत छ । यदि सरकार टिकिरह्यो भने, सरकार कायम रहिरह्यो भने राजनीतिक स्थायित्व भयो भने त्यो लुटको स्वर्ग जारी रहँदैन, टिक्दैन भन्ने उनीहरुलाई परेको छ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ८ : ४२ बजे

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण