खाडी मुलुकमा कोरोनाको बढ्दो संक्रमण, नेपालीलाई सतर्क रहन आग्रह « Khabarhub

खाडी मुलुकमा कोरोनाको बढ्दो संक्रमण, नेपालीलाई सतर्क रहन आग्रह


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीसहित आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दोक्रममा देखिएको छ ।

खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा चार, कतारमा एकजना संक्रमित भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छन्।

इरानबाट आएका यात्रुबाट कोभिड–१९ संक्रमण भएपछि ती देशले इरानबाट सबै उडान बन्द गरेका छन्।

स्थानीय सरकारहरुले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यहीअनुसार सतर्कता अपनाइएको कुवेतस्थित विमानस्थलमा कार्यरत एक नेपालीले बताए ।

खाडी मुलुकमा कोरोनाको संक्रमण बढ्दो क्रममा देखिएपछि त्यहाँस्थित नेपाली दूतावासहरुले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : ४३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र