असिनाले हिउँदेबालीमा नोक्सान, किसान चिन्तित | Khabarhub Khabarhub

असिनाले हिउँदेबालीमा नोक्सान, किसान चिन्तित


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको पूर्वीचौकीमा शनिबार साँझ परेको असिना पानीले हिउँदे बाली नष्ट गरेको छ ।

गहुँ, जौँ, तोरी, तरकारी लगायतका बालीमा असिना पानीले नोक्सानी पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

‘साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पार्‍यो ।’ पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भने,’ क्षतिको मूल्याङ्कन हुन बाँकी नै छ ।’

जिल्लाका लेकाली क्षेत्रका कृषकहरु निर्वाहमुखी खेतीमा आश्रित छन् । असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पुर्‍याएपछि निराश भएको स्थानीय भरतबहादुर बोहराले बताए ।

गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पुर्‍याएपछि  निरास भएका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिका सहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पुर्‍याएको छ भन्नेबारे जानकारी लिइदै गरेको जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : ४१ बजे

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष

चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट

पाल्हीनन्दन– यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख