यस्ता स्थानमा हुन्छ कोरोनाको जोखिम, कसरी बच्ने ? | Khabarhub Khabarhub

यस्ता स्थानमा हुन्छ कोरोनाको जोखिम, कसरी बच्ने ?


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनबाट शुरु भएको कोरोना भाइरसको त्रास अहिले विश्वभरी नै छ । चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ६४ देशमा कोरोनाको संक्रमण फैलिसकेको छ ।

नेपालमा हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र ती व्यक्तिको सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ ।

विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना संक्रमणको अति उच्च जोखिमको सूचीमा राखिसकेको छ । नेपालमा कोरोनाको संक्रमण देखिएमा भयावह अवस्था आउन सक्ने विज्ञहरुले बताएका छन् ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविद्र समिरले कोरोनाको उपचार सम्वभ नभएको तर रोकथाम भने सम्भव भएको बताएका छन् । उनले कोरोनको संक्रमण हुने प्रमुख १२ स्थानबारे समेत जनाकारी दिएका छन् ।

यी स्थानमा हुनसक्छ कोरोना सर्ने जोखिम

१. सिनेमा हल

२. अस्पताल

३. बिद्यालय र कलेज

४. सार्वजनिक यातायात

५. सपिङ मल

६.व्यस्त गल्ली

७.तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु

८. सभा र जुलुस भएका स्थान

९. वृद्धाश्रम

१०. होटेल र रेस्टुरेन्ट

११. रंगशाला

१२. भोजभतेर गरिने ठाउँ आदि।

डा समिरका अनुसार कोरोनाको संक्रमणबारे समयमै सचेत हुन ती स्थानमा जाँदा विशेष ख्यान गर्नुपर्छ ।

कोरोना सर्नबाट कसरी बच्ने ?

–काम नपरेसम्म भिडभाड हुने सार्वजनिक ठाउँमा नजाने,

– जानै परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गर्ने,

–घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धुने  आदि।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ५ : ४६ बजे

साझेदारी र कनेक्टिभीटी नेपाल भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा

गर्मीमा ‘लू’ बाट कसरी बच्ने, यी हुन् ६ उपाय

काठमाडौं– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो

सीमाबाट अवैध चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा

चितवन– व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा

अनेरास्ववियुमा कडारियालाई आधिकारिक र पौडेललाई अनधिकृत भनिएपछि बालुवाटारको हस्तक्षेप

काठमाडौं- नेकपा एमालेको नर्सरीका रुपमा लिइने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी

काठमाडौं– पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल