बेलहिया नाकामा हेल्थ डेस्क– कोरोना भाइरसको शङ्का लागेका पर्यटक छैनन् « Khabarhub

बेलहिया नाकामा हेल्थ डेस्क– कोरोना भाइरसको शङ्का लागेका पर्यटक छैनन्


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपालमा पैदलमार्गबाट सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकामा राखिएको कोरोना भारइस चेक जाँच ‘हेल्थ डेस्क’मा हालसम्म एकजना पनि बिरामी भेटिएको छैन ।

दैनिक सयौँको सङ्ख्यामा आउने भारतलगायत तेस्रो मुलुकका पर्यटकहरुलाई कोरोना भाइरस जाँचका लागि राखिएको ‘हेल्थ डेस्क’मा त्यस्ता बिरामी नभेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि भित्रिने आशङ्काले अध्यागमन कार्यालय बेलहियाको छेउमा राखिएको पर्यटक स्वास्थ्य जाँच हेल्थ डेस्कमा कोरोना भाइरसको शङ्का लागेका बिरामी नभेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताए ।

माघ १६ गतेदेखि सञ्चालनमा आएको हेल्थ डेस्कमा विशेष गरेर भारतको बाटो हुँदै आउने चिनियाँ पर्यटकलाई मुख्य रुपमा जाँच गरिएको छ भने शङ्का लागेका अन्य देशका पर्यटकलाई पनि स्वास्थ्यकर्मीले निगरानी र जाँच गर्ने गरेको जनस्वाथ्य प्रमुख गिरीले जानकारी दिए । यस नाका हुँदै मुख्य रुपमा भारतीय, श्रीलङ्कन, म्यान्मा, चिनियाँ र कोरियन पर्यटक आउने गरेका छन् । पर्यटक आउने सङ्ख्यामा समेत कुनै कमी नआएको अध्यागमन कार्यालय बेलहियाका अध्यागमन अधिकृत गिरीराज खनालले बताए ।

भारतीय मार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटकहरु सहज रुपमा आउने गरे पनि नेपालको बाटो हुँदै भारत प्रवेशमा भने भारतीय पक्षले बन्देज लगाएको अध्यागमन कार्यालय बेलहियाले जानाकारी दिएको छ ।

अध्यागमन कार्यालय बेलहियाका अनुसार भारतीय पक्षले अन्य तेस्रो मुलुकका पर्यटकलाई सहज प्रवेश गराए पनि बेलहिया मार्ग हुँदै जाने चिनियाँ पर्यटकलाई भने पूर्णरुपमा रोकेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ७ : ५९ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान