बेलहिया नाकामा हेल्थ डेस्क– कोरोना भाइरसको शङ्का लागेका पर्यटक छैनन् « Khabarhub

बेलहिया नाकामा हेल्थ डेस्क– कोरोना भाइरसको शङ्का लागेका पर्यटक छैनन्


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपालमा पैदलमार्गबाट सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकामा राखिएको कोरोना भारइस चेक जाँच ‘हेल्थ डेस्क’मा हालसम्म एकजना पनि बिरामी भेटिएको छैन ।

दैनिक सयौँको सङ्ख्यामा आउने भारतलगायत तेस्रो मुलुकका पर्यटकहरुलाई कोरोना भाइरस जाँचका लागि राखिएको ‘हेल्थ डेस्क’मा त्यस्ता बिरामी नभेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि भित्रिने आशङ्काले अध्यागमन कार्यालय बेलहियाको छेउमा राखिएको पर्यटक स्वास्थ्य जाँच हेल्थ डेस्कमा कोरोना भाइरसको शङ्का लागेका बिरामी नभेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताए ।

माघ १६ गतेदेखि सञ्चालनमा आएको हेल्थ डेस्कमा विशेष गरेर भारतको बाटो हुँदै आउने चिनियाँ पर्यटकलाई मुख्य रुपमा जाँच गरिएको छ भने शङ्का लागेका अन्य देशका पर्यटकलाई पनि स्वास्थ्यकर्मीले निगरानी र जाँच गर्ने गरेको जनस्वाथ्य प्रमुख गिरीले जानकारी दिए । यस नाका हुँदै मुख्य रुपमा भारतीय, श्रीलङ्कन, म्यान्मा, चिनियाँ र कोरियन पर्यटक आउने गरेका छन् । पर्यटक आउने सङ्ख्यामा समेत कुनै कमी नआएको अध्यागमन कार्यालय बेलहियाका अध्यागमन अधिकृत गिरीराज खनालले बताए ।

भारतीय मार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटकहरु सहज रुपमा आउने गरे पनि नेपालको बाटो हुँदै भारत प्रवेशमा भने भारतीय पक्षले बन्देज लगाएको अध्यागमन कार्यालय बेलहियाले जानाकारी दिएको छ ।

अध्यागमन कार्यालय बेलहियाका अनुसार भारतीय पक्षले अन्य तेस्रो मुलुकका पर्यटकलाई सहज प्रवेश गराए पनि बेलहिया मार्ग हुँदै जाने चिनियाँ पर्यटकलाई भने पूर्णरुपमा रोकेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ७ : ५९ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध