ग्रीसले शरणार्थी आवेदन स्वीकार नगर्ने « Khabarhub

ग्रीसले शरणार्थी आवेदन स्वीकार नगर्ने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एथेन्स– ग्रीसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको छ ।

ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले शरणको मागका गर्दै दिइएका आवेदनहरुको कारबाही हाललाई अघि नबढाइने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री मित्सोटाकिसले गैरकानुनी रूपमा ग्रीस प्रवेश गर्न खोज्नेलाई रोक्ने र त्यहाँबाट फर्काइने चेतावनी पनि दिएका छन् । ग्रीक सरकारले २४ घण्टामा झन्डै १० हजार आप्रवासीलाई ग्रीस प्रवेश गर्नबाट रोकिएको जनाएको छ ।

ग्रीसका प्रधानमन्त्री मित्सोटाकिसले शरणार्थीलाई ग्रीस प्रवेश गर्न रोक्नका लागि सिमाक्षेत्रमा आवश्यक मात्रामा रोकावटका कदम समेत चालिएको जनाएका छन् । उनका अनुसार ग्रीसको सीमातर्फ अनावश्यक रुपमा प्रवेश गर्न खोज्ने कुनै पनि देशका आप्रवासीलाई रोकेर राखिएको छ ।

मुलुकले शरणार्थीको भार थेग्न नसक्ने भएका कारण आवेदन नलिने जनाएका हुन् ।

त्यसैगरी प्राप्त एक पछिल्लो समाचारअनुसार ग्रीस र टर्कीको सिमानामा आप्रवासी र सुरक्षाकर्मीबीच केही समययता झडपहरु पनि भएका छन् । यस विषयमा भने ग्रीस सरकारले केही बताएको छैन । ग्रीसका सुरक्षाकर्मीले आप्रवासीलाई रोक्न बल समेत प्रयोग गरेका सो समाचारमा जनाइएको छ ।

यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो ।

टर्कीले सिरियामा विगतका वर्षहरुदेखि जारी रहेको युद्धका कारण ठूलो संख्यामा नागरिक भागिरहेका आफूले थाहा पाएको भन्दै यति धेरै मानिसको भार आफ्नो देशले बहन गर्न सक्ने अवस्था नरहेको बताएको थियो ।

टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानले सिरिया छोडेर शरणका लागि हिँडेका आप्रवासीहरूलाई छिमेकी देशहरु तथा युरोपेली युनियनका सदस्य राष्ट्रमा जानका लागि नरोकिने बताएका थिए । यससँगै शरणार्थीहरु ग्रीसतर्फ लागेका हुन् ।

उत्तरी सिरियामा रहेका इद्लिब प्रान्तमा गत हप्ता भएको एक भिषण हवाई हमलामा परी करिब ३३ जना टर्किस सैनिक मारिएपछि टर्कीले यस्तो निर्णय गरेको हो ।

टर्कीमा ठूलो संख्यामा सिरियाका नागरिक शरणार्थीका रुपमा बसिरहेका छन् । पछिल्लो एक प्रतिवेदनका अनुसार टर्कीमा सिरियाका करिब ३७ लाख शरणार्थी छन् ।

टर्कीमा युरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थीहरु बस्ने गरेका बताइन्छ ।

त्यहाँ तालिबान युद्धका कारण मुलुक छाडी भागेका अफगानिस्तानका नागरिक पनि आप्रवासीका रुपमा त्यहाँ पुग्ने गरेका छन् ।

ग्रीसहुँदै अन्य युरोपेली देशहरुमा प्रवेश गर्न खोज्ने आप्रवासीहरुलाई ग्रीसले रोक्ने गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १ : १८ बजे

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय