होलीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा, ७७ स्थानमा ट्राफिक जाँच « Khabarhub

होलीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा, ७७ स्थानमा ट्राफिक जाँच


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको मिलाइएको जानकारी दिए ।

‘होलीलाई दुर्घटनारहित र मर्यादित बनाउन ५ सय भन्दा बढी ट्राफिक प्रहरी खटाउन लागेका छौँ’, उनले भने । बिहान सातदेखि बेलुका सात बजेसम्म गर्ने सो कामका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुगमन, १९ वटा मोबाइल टोली र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गर्न लागिएको महाशाखाले जनाएको छ ।

सवारी साधन प्रयोग गरी लोला हान्नेलाई नियन्त्रणमा लिई कारवाही गर्नुका साथै होलीमा कारवाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरिएको महाशाखाका प्रमुख पन्तले जानकारी दिए । होली पर्वमा गत वर्षमात्र २२ वटा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी एक गम्भीर तथा १७ घाइते भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ८ : ४० बजे

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि