सार्कका महासचिव विराकुनले सम्हाले कार्यभार « Khabarhub

सार्कका महासचिव विराकुनले सम्हाले कार्यभार


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका १४ औं महासचिवमा श्रीलंकाका इसाला विराकुन नियुक्त भएका छन् । उनले २०२० मार्च १ बाट कार्यभार सम्हालेका हुन् ।

नवनियुक्त सार्क महासचिव विराकुनले तीनवर्ष कार्यकाल सम्हाल्नेछन् । विराकुन भारतका लागि श्रीलंकाली राजदूत भइसकेका कूटनीतिज्ञ हुन् । उनको नाम विदेशमन्त्री स्तरीय बैठकले गत सेप्टेम्बरमा न्यूयोर्कमा अनुमोदन गरेको थियो ।

सार्कको महासचिवमा नियुक्त हुनुअघि उनी श्रीलङ्काली राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव रहेका थिए। श्रीलङ्काको परराष्ट्र सेवामा ३२ वर्ष बिताएका महासचिव विराकुनले त्यहाँको परराष्ट्र र पर्यटन विकास मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरेका थिए ।

सार्कका वर्तमान महासचिव पाकिस्तानका अम्जद वि हुसेन सियाल सार्क शिखर सम्मेलन नै नगरी बिदाइ भएका छन् । उनी यसै साता पाकिस्तान फर्कंदैछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : ५९ बजे

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि