ललितपुरमा प्रथम मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते सम्पन्न « Khabarhub

ललितपुरमा प्रथम मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते सम्पन्न


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल बालकुमारी क्योकुसिन कराते संघको आयोजनामा यसैसाता ललितपुरमा सम्पन्न प्रतियोगितामा देशभरका २८ जिल्लाबाट आएका ३ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

विभिन्न १० विधामा भएको प्रतिस्पर्धामा खुलातर्फ शनि सुनार प्रथम भए । सो विधामा विनय सिंहले दोस्रो र रविन लामाले तेस्रो स्थान हात पारे ।

तौल समूहमा भने पुरुषतर्फ ३० केजीमा सचिन पुन प्रथम, सागर थिङ द्वितीय र रमित महर्जन तृतीय, ३५ केजीमा विश्वास मल्ल ठकुरी प्रथम, साहिल पुन द्वितीय र विक्रम चौधरी तृतीय, ४५ केजीमा निजर लामा प्रथम, अनमोल मास्के द्वितीय र अनमोल मल्ल तृतीय, ५० केजीमा सञ्जय राई प्रथम प्रविन राना द्वितीय र सञ्जय गुप्ता तृतीय तथा ६० केजीमा थमप्रसाद खड्का प्रथम, पुष्कर राउत द्वितीय तथा अजय चौधरी तृतीय भए ।

यसैगरी तौल समूहमै महिलातर्फ ५० केजीमा संगिता तामाङ प्रथम, अनिता एसके द्वितीय र शान्ति थापा मगर तृतीय, ५५ केजीमा दीपा शाही प्रथम, रञ्जिता गुरुङ द्वितीय र अमृताकुमारी सेन ठकुरी तृतीय तथा महिला खुलातर्फ अम्बिका भुजेल प्रथम, अनुपा नेपाली द्वितीय र जुनकिरी श्रेष्ठ तृतीय भए ।

नेपालमा क्योकुसिन कराते वि.स‌ं. २०५४ सालमा नै भित्रिएको थियो, त्यतिबेला बालकुमारी डोजोको रूपमा सञ्चालन भएकोमा हाल यसले संघको रूप धारणा गरिसकेको छ ।

नेपाल क्योकुसिन कराते संघले जापानको क्योकुसिन युनियनबाट समेत सम्बन्धन प्राप्त गरेको छ ।

संघले पहिलोपटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेपाल सरकारका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरे ।

आयोजक क्योकुसिन कराते संघका अध्यक्ष सुरेन्द्र डंगोलले अध्यक्षता गरेको उद्घाटन समारोहमा ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि सहभागी थिए ।

प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका रामजीप्रसाद बज्राचार्यले निर्वाह गरे ।

प्रतियोगिताका विजेतालाई मेडलसहित सिल्ड र नगद पुरस्कार समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ०० बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद