दैलेखमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

दैलेखमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सुर्खेतको चिङ्गाड गाउँपालिका– ६ का देवबहादुर खड्का, वीरेन्द्रनगर–१५ का खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती गोमा बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चार जना घाइते भएका छन् । चिङ्गाड गाउँपालिका– ६ का दुर्गाबहादुर गाहा, उनकी श्रीमती चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर– ८ का नरे नेपाली र वीरेन्द्रनगर– १६ का लक्ष्मी ज्ञवाली घाइते भएका हुन् । जीपमा सात यात्रु सवार थिए ।

घाइते नरे र चन्द्राकुमारीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ६ : ४७ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै