एमबाप्पको ह्याट्रिकमा पीएसजीको शानदार जीत « Khabarhub

एमबाप्पको ह्याट्रिकमा पीएसजीको शानदार जीत


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केलियन एमबाप्पेले ह्याट्रिक गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनबिरुद्ध शानदार जीत दर्ता गराएको छ ।

जीतसँगै पीएसजी फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा १० खेलाडीमा सिमित लियोनलाई ५-१ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो ।

पीएसजीको जीतमा केलियन एमबाप्पेले ह्याट्रिक गरे । यस्तै पाब्लो सराबिया र नेयमारले एक/एक गोल गरे ।

लियोनका मार्टिन टेरीएरले एक गोल फर्काए । खेलको ६१ औं मिनेटमा फर्नान्डो मार्कलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।

पीएसजीले रेनस र सेन्ट इट्टीनेबीचको विजेतासँग फाइनल खेल खेल्नेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : ०५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।