प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थाल्यो « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थाल्यो


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन विहीवार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा टिचिङ अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा कार्य गर्न थालेको जानकारी दिए ।

प्रधानमन्त्रीको सबै भाइटल तथा ल्याव सूचकहरु सामान्य अवस्थामा रहेको र आजदेखि तरल तथा नरम आहार दिन शुरु गरिएको उनले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था स्थिर रहेको र उनलाई पनि आजदेखि तरल तथा नरम आहार दिन शुरु गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ४ : ३३ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा