कोरोनाका कारण नेपालसँगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव « Khabarhub

कोरोनाका कारण नेपालसँगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तरगत नेपाल र अष्ट्रेलियाबीच तय भएको खेल अक्टोबरमा सार्न अष्ट्रेलियाले प्रस्ताव गरेको छ ।

अष्ट्रेलियन फुटबल फेडेरेसनले एएफसीलाई पत्र लेख्दै अहिले विश्वभर कोरोना भाइरसको त्रास रहेको उल्लखे गर्दै काठमाडौंमा हुने तय भएको खेल अक्टोबरमा सार्न प्रस्ताव गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले अष्ट्रेलियाले एएफसीलाई प्रस्ताव गरेको पुष्टि गरेका छन् ।

समूह बी अन्तर्गत नेपालले मार्च २६ मा चाइनिज ताईपेई र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा खेल्ने तय भएको थियो ।

यसअघि नेपाल अष्ट्रेलियासँग उसैको घरेलु मैदानमा ५–० गोल अन्तरले पराजित भएको थियो ।

कोरोना भाइरसका कारण नेपाली खेलकुद क्षेत्र पनि प्रभावित भएको छ । बिहीबार मात्रै राष्ट्रिय खेलकुद परिाषद् (राखेप)ले सवै खेलकुदका गतिविधि रोक्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ८ : २३ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल