दुबईका शेखले छोरीको अपहरण र पत्नीलाई धम्की दिएको बेलायती अदालतको ठहर « Khabarhub

दुबईका शेखले छोरीको अपहरण र पत्नीलाई धम्की दिएको बेलायती अदालतको ठहर


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– दुबईका शासक शेख मोहम्मद बिन रशिद अल-मक्तुमले छोरीको अपहरण र पत्नीलाई धम्की दिएको बेलायती अदालतको ठहर गरेको छ ।

अपहरण, जबरजस्ती फिर्ता लैजाने, प्रताडना तथा तर्साउने र धम्क्याउने कार्यलगायत कार्य गरेको उनकी पूर्वपत्नी राजकुमारी हाया बिन्त अल-हुसेनले लगाएका आरोपहरू पुष्टि भएको बिहीवार अदालतले ठहर गरेको छ ।

आठ महिना अघि सुरु भएको उक्त मुद्दापश्चात् अदालतले राजकुमारी हायाका पक्षमा एउटा फ्याक्ट फाइन्डिङ जजमेन्ट (एफएफजे), तथ्यको खोजी गर्ने निर्णय, प्रकाशित गरेको बीबीसीले जनाएको छ ।

राजकुमारी हाया गत वर्ष दुबईबाट आफ्ना दुई बच्चाका साथ भागेकी थिइन् । उनले साथीहरूलाई आफ्नो ज्यान जाने डरले भागेको बताएकी थिइन् ।

शेख मोहम्मदले निर्णयलाई सार्वजनिक जानकारीभन्दा बाहिर राख्ने असफल प्रयास गरेका थिए ।

तर यो विषय सार्वजनिक हितको भएको भन्दै अदालतले उनको अपिल खारेज गरेको थियो । दुबईका शासकलाई “अदालतसमक्ष खुला तथा इमानदार नभएको” ठहर गरिएको थियो ।

ब्रिटिश अदालतको फैसला प्रकाशित भएपश्चात् जारी एक वक्तव्यमा, शेख मोहम्मदले भनेका छन्, “सरकार प्रमुखका रूपमा म अदालतको तथ्य खोज्ने प्रक्रियामा सहभागी हुन सक्षम थिइनँ र त्यसपछि ‘तथ्य-खोजी’ फैसाला जारी गरियो। त्यसले केवल एकपक्षीय कथा मात्र बताउँछ।”

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : १७ बजे

देउवा दाइले अब पार्टीको पद खोज्ने होइन, सर्वोच्च नेता हुनुपर्छ : मीन विश्वकर्मा

काठमाडौं– अन्तिम समयमा शेरबहादुर देउवाको साथ छोडेर सभापति गगन थापा

योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत

न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू

राष्ट्रियसभा : जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड

काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु

कुमारी माजुको आशीर्वाद लिन पुगे धवलशमशेर

काठमाडौं– जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले कुमारी माजुको