अमेरिकी राष्ट्रपतीय निर्वाचनको चुनावी अभियान सिनेटर वारेनद्वारा परित्यागको घोषणा « Khabarhub

अमेरिकी राष्ट्रपतीय निर्वाचनको चुनावी अभियान सिनेटर वारेनद्वारा परित्यागको घोषणा


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको प्राइमरी र ककस चुनावमा म्यासाचुसेट्स राज्यबाट सिनेटमा प्रतिनिधित्व गर्ने एलिजाबेथ वारेनले बिहीबार उम्मेदवारी परित्याग गरेकी छिन् ।

उम्मेद्वार मनोनित गर्नका लागि भइरहेका ककस र प्राइमरीमा अपेक्षित नतिजा ल्याउन नसकेपछि उनले चुनावी अभियानबाट बाहिरिने घोषणा गरेकी हुन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट पछिल्लो चुनावी दौडमा उनी एकमात्र महिला प्रतिनिधि रहेकी थिइन । अब डेमोक्रेटिक पार्टीभित्र सिनेटर बर्नी स्याण्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडन मात्र चुनावी प्रतिस्पर्धामा छन् ।

गत मंगलबार भएको ‘सुपर ट्युस्डे’ का प्राइमरी र ककसमा अपेक्षित नतिजा ल्याउन नसकेपछि सिनेटर वारेनले राष्ट्रपतिका लागि चुनावी दौड स्थगित गरेकी हुन् । यद्यपि उनले हरेक संघर्षशील व्यक्तिहरुको पक्षमा निरन्तर लागिरहने दृढता व्यक्त गरिन् ।

यद्यपि उनले चुनावी दौडमा रहेका बाइडन र स्याण्डर्समध्ये कसको समर्थन गर्ने भन्ने स्पष्ट नभइसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने गरी कुनै पनि महिला छनौट हुन नसक्नु दुःखद भएको उनको प्रतिक्रिया छ ।

यता सिनेटर वारेनको घोषणाप्रति बाइडन र स्याण्डर्स दुबैले ट्वीट गर्दै उनको प्रशंसा गरेका छन् ।

अघिल्लो दिन न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले पनि चुनावी प्रतिस्पर्धा त्यागेका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले वारेन र ब्लूमबर्गप्रति व्यंग्यमिश्रित ट्वीट गर्दै वारेनका कारण बर्नी स्यान्डर्सले म्यासाचुसेट्स, मिनेसोटा र टेक्सासको चुनाव हारेको र त्यसै कारण अब स्याण्डर्स अन्तिम चुनावी दौडमा पनि पराजित हुने सम्भावना बढेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ३ : १६ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार