साउदी राजाका भाइसहित तीन जना पक्राउ « Khabarhub

साउदी राजाका भाइसहित तीन जना पक्राउ


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् ।

राजाका भाइसहित तीन जनालाई शुक्रबार विहानै पक्राउ गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) ले निर्देशन दिएको बताइएको छ ।

पक्राउ पर्नेमा राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र राजकुमार नवाफ बिन नायेफ रहेका छन् ।

पक्राउ परेका मध्ये दुई जना राजाको निकटका व्यक्ति हुन् । अनुहारमा मास्क लगाएर कालो लुगा लगाएका व्यक्तिहरुले उनीहरुलाई पक्राउ गरेका थिए ।

सन् २०१७ मा साउदी राजपरिवारका धेरै सदस्यहरु, मन्त्री तथा व्यवसायीहरुलाई रियादको सुविधा सम्पन्न होटलमा बन्धक बनाइएपछि त्यहाँभित्रको विवादका बिषय बाहिरिदै आएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ५८ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा