मुगुका सीमा नाकामा ‘हेल्थ डेस्क’ राखिने « Khabarhub

मुगुका सीमा नाकामा ‘हेल्थ डेस्क’ राखिने


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – छिमेकी देश चीनबाट शुरु भएको कोरोनाभाइरसको संक्रमणबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्थ डेक्स’ राखिने भएको छ ।

शुक्रबार बसेको जिल्लाका सरोकारवाला निकायको बैठकले गरेको निर्णयअनुसार छिमेकी देश चीनसँगै सीमा जोडिएका सीमा नाका नाक्चालाग्ना लगायतका प्रमुख प्रवेशद्वारमा ‘हेल्थ डेक्स’ राखिने निर्णय गरिएको छ ।

मुगुमा कोराना भाइरसको सङ्क्रमण हुन नदिन र भई हाले तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरी हेल्थ डेक्स राखी जाँच गरिने भएको हो ।

हुम्लाबाट भित्रिने जिल्लाको सीमाना छायाँनाथ रारा नगरपालिका–१२ बामगाउँमा, जुम्लाबाट भित्रिने नाका छायाँनाथ रारा नगरपालीका–७ पिनागाउँमा, हवाई यातायातबाट भित्रिने रारा विमानस्थल ताल्चमा, बाजुराबाट भित्रिने खत्याड गाउँपालिकाको झुगालामा र चीनको सिमाना नजिकपर्ने गाउँ मुगुमा हेल्थ डेस्कको स्थापना गरी जाँच गरिने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  १ : ५४ बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो