अर्बौं रुपैयाँ ठगेर भागेका नीरव मोदी पक्राउ « Khabarhub

अर्बौं रुपैयाँ ठगेर भागेका नीरव मोदी पक्राउ


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भारतबाट भागेका धनाढ्य व्यापारी नीरव मोदी बेलायतको राजधानी लण्डनमा पक्राउ परेका छन् । भारतीय अधिकारीको आग्रहमा नीरव मोदीलाई मंगलबार मध्य लण्डनको हेलबर्न क्षेत्रबाट पक्राउ गरिएको बेलायती प्रहरीले जनाएको छ ।

उनलाई लण्डनको वेस्टमिनिस्टर मजिस्टे«ट अदालतमा उपस्थित गराउने तयारी भइरहेको बताइएको छ ।

उनीमाथि राज्य सञ्चालित पन्जाब नेशनल बैंकमा २ अर्ब अमेरिकी डलर बराबरको ऋणमा ठगी गरेको अभियोग लागेको छ ।

उनी र उनका मामा मेहुल चोक्सीले पन्जाब नेशनल बैंकमा ठगी गरी बैंकलाई ग्यारेन्टी राखेर ऋण लिएको भारतीय अधिकारीले जनाएका छन् । ठगी प्रकरण सार्वजनिक भएपछि दुबैले भारत छाडेका थिए ।

गत अगस्ट महिनामा नीरव मोदीलाई पक्राउ गर्न भारतीय अधिकारीले बेलायती प्रहरीलाई आग्रह गरेका थिए । त्यसै अनुसार उनलाई पक्राउ गरिएको बताइएको छ ।

त्यसअघि गत डिसेम्बरमा बेलायतको अदालतले अर्का व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्न आदेश दिएको थियो । नीरव मोदीलाई पनि बेलायतले भारत सुपुर्दगी गर्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ४ : २५ बजे

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि सरकारलाई पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा