कोरोनाका कारण मेलम्ची आयोजनाको काममा अवरोध छैन: इन्जिनियर श्रेष्ठ « Khabarhub

कोरोनाका कारण मेलम्ची आयोजनाको काममा अवरोध छैन: इन्जिनियर श्रेष्ठ


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मेलम्ची खानेपानी आयोजनाका वरिष्ठ डिभिजनल इञ्जिनियर कमलराज श्रेष्ठले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसरका कारण आयोजनाको काममा कुनै बाधा नपुगेको बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मात्रै अहिले चीन गएका छन् ।

इन्जिनियर श्रेष्ठका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरु त्यसपछि फर्किएका छैनन् । चीन गएकामध्ये एक जना परियोजना व्यवस्थापक र एक जना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) रहेका छन् । उनीहरु केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ ।

उनले भने,“अहिले यहाँ भएका जनशक्ति नियमित रुपमा काम गरिरहेका छन्।”

सरकारले आगामी असारसम्ममा काठमाडौँमा पानी झार्ने प्रतिबद्धता जनाएकामा त्यही अनुसार निर्माणको काम अघि बढिरहेको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए ।

दक्ष र अदक्ष गरी झण्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन् । झण्डै दुई सय नेपाली कामदार कार्यरत छन् । तीमध्ये थोरै मात्रै दक्षजनशक्ति छन् भने अधिकांश अदक्ष कामदार छन् ।

कम्पनीले गत दुई महिना दैनिक अतिरिक्त समय काम लगाएर र अरु योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  २ : ४० बजे

बेमौसमी फलफूलले रोगी बन्दै उपभोक्ता : पोषणविद्का कस्ता छन् सुझाव ?

काठमाडौँ – बजारमा अहिले वर्षैभरि विभिन्न प्रकारका फलफूल सहज रूपमा

कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

सिरहा– हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि

नेपालले मलेसियालाई दुई विकेटले हरायो

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले मलेसियालाई दुई विकेटले हराएको

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

पर्सा– तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक

८६ वटा एम्बुलेन्स अद्यावधिक

चितवन– चितवनमा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन्