चेम्बरद्वारा कोरोना रोकथामका लागि विभिन्न सामग्री हस्तान्तरण « Khabarhub

चेम्बरद्वारा कोरोना रोकथामका लागि विभिन्न सामग्री हस्तान्तरण


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले देशमा कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

पछिल्लो समय विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस नेपालमा पनि फैलने त्रास बढ्दै जादा उच्च सतर्कता अपनाउनका लागि चेम्बरले सरकारलाई विभिन्न सामग्री प्रदान गरेको हो ।

चेम्बरमा आज भएको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलका कर्मचारी तथा यात्रुलाई रेक्टिफाइड स्प्रिट, चेकजाँच गर्ने मेशिन, स्यानिटाईजर, एप्रोन, पेपर मास्क, एप्रोन क्यापलागायतका सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

यसैगरी चेम्बरले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठलगायतलाई पनि उक्त उपकरण हस्तान्तरण गरेको छ।

चेम्बरले आफ्ना सदस्यहरुमार्फत संकलित उक्त उपकरणहरु सरकारलाई हस्तान्तरण गरेको हो ।

हाल आफूहरुसँग सिमित मात्रामा मात्र मास्क, रेक्टिफाइड स्प्रिट, एप्रोन, ज्वरो तथा कोरोना जाँच गर्ने मेशिन भएको र आगामी दिनमा थप संकलन गरेर सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिने समेत चेम्बर अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बजारमा मास्कको अभाव बढ्दै गएपछि चेम्बरले व्यवसायीहरुसँगको सहकार्यमा मास्क उत्पादन गरेर जनतालाई सर्वसुलभ रुपमा उपलब्ध गराउने जनाएको छ ।

चेम्बरले आफ्नै उपाध्यक्ष एव आईएमएम ग्रूपका अध्यक्ष दिपक मलहोत्रासँगको सहकार्यमा मास्क उत्पादन गरी बजारमा उपलब्ध गराउन लागेको हो ।

हाल मास्क उत्पादनका लागि आवश्कय उपकरणदेखि कच्चा पदार्थ समेत आयात गरिसकेको र यसैहप्तादेखि उत्पादन गरी बजारमा उपलब्ध गराइने मलहोत्राले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ९ : १६ बजे

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय