चेम्बरद्वारा कोरोना रोकथामका लागि विभिन्न सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

चेम्बरद्वारा कोरोना रोकथामका लागि विभिन्न सामग्री हस्तान्तरण


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले देशमा कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

पछिल्लो समय विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस नेपालमा पनि फैलने त्रास बढ्दै जादा उच्च सतर्कता अपनाउनका लागि चेम्बरले सरकारलाई विभिन्न सामग्री प्रदान गरेको हो ।

चेम्बरमा आज भएको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलका कर्मचारी तथा यात्रुलाई रेक्टिफाइड स्प्रिट, चेकजाँच गर्ने मेशिन, स्यानिटाईजर, एप्रोन, पेपर मास्क, एप्रोन क्यापलागायतका सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

यसैगरी चेम्बरले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठलगायतलाई पनि उक्त उपकरण हस्तान्तरण गरेको छ।

चेम्बरले आफ्ना सदस्यहरुमार्फत संकलित उक्त उपकरणहरु सरकारलाई हस्तान्तरण गरेको हो ।

हाल आफूहरुसँग सिमित मात्रामा मात्र मास्क, रेक्टिफाइड स्प्रिट, एप्रोन, ज्वरो तथा कोरोना जाँच गर्ने मेशिन भएको र आगामी दिनमा थप संकलन गरेर सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिने समेत चेम्बर अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बजारमा मास्कको अभाव बढ्दै गएपछि चेम्बरले व्यवसायीहरुसँगको सहकार्यमा मास्क उत्पादन गरेर जनतालाई सर्वसुलभ रुपमा उपलब्ध गराउने जनाएको छ ।

चेम्बरले आफ्नै उपाध्यक्ष एव आईएमएम ग्रूपका अध्यक्ष दिपक मलहोत्रासँगको सहकार्यमा मास्क उत्पादन गरी बजारमा उपलब्ध गराउन लागेको हो ।

हाल मास्क उत्पादनका लागि आवश्कय उपकरणदेखि कच्चा पदार्थ समेत आयात गरिसकेको र यसैहप्तादेखि उत्पादन गरी बजारमा उपलब्ध गराइने मलहोत्राले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ९ : १६ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री