कोरोनाभाइरस प्रभाव : आज होली तर छैन विगतको जस्तो रौनक « Khabarhub

कोरोनाभाइरस प्रभाव : आज होली तर छैन विगतको जस्तो रौनक


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

तर कोरोनाभाइरसको जोखिम उच्च रहेको भन्दै सरकारले होली नखेल्नका लागि गरेको आह्वानका कारण मानिसहरुमा यो बर्ष होलीको उत्साह देखिएको छैन ।

विगतका बर्षहरुमा बिहानैदेखि काठमाडौं उपत्यकाका गल्ली/गल्ली तथा मूल सडकहरुमा देखिने मानिसहरुको जमघट यसपटक ठप्प प्रायः छ ।

होली खेल्नेहरुले पनि घरपरिवारभित्रै सीमित भएर बिभिन्न रङ तथा अबिर दलेका छन् । होलीका अवसरमा काठमाडौंमा सयौं मानिसहरु भेला भएर हुने गरेका विभिन्न सांगितिक कन्सर्टहरु पनि यो बर्ष रद्द भएका छन् ।

‘सरकारी आह्वानकाबीच जवरजस्ती जमघट गर्ने, भेला हुने तथा पानीसँगै रङ खेले त्यसको असर व्यक्ति स्वयमलाई पर्ने हो,’ गृह प्रवक्ता केदारनाथ शर्माले खबरहवसँग भने ‘राज्य अभिभावक भएकाले आफ्ना नागरिकलाई जोखिमबाट रोक्न आह्वान मात्र गरिएको हो, आग्रहलाई वेवास्ता नै गरिए हामिले केही गर्न सक्दैनौं ।’

शर्माका अनुसार गृह मन्त्रालय होली लक्षित सांगितिक कार्यक्रम गरेर मानिस जमघट हुने अवस्था बनाउने वातावरण हुन नदिन प्रशासन कार्यालयहरुलाई परिपत्र गरिएको छ।

यद्यपी आवश्यकता र औचित्यका आधारमा सिडिओले अनुमति दिएको हुन सक्ने प्रवक्ता शर्माले जानकारी दिए ।

होली पर्वका अवसरमा काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँने प्रचलन रहेको छ । यो कार्यक्रम समेत के होला भन्नेमा अन्यौलता छाएको छ ।

तर संस्कार र संस्कृति नै रोक्ने सरकारको नियत नभएकाले बसन्तपुरको कार्यक्रम रोक्न नपर्ने प्रवक्ता शर्माले बताए । ‘संस्कार र संस्कृति नै रोक्ने हाम्रो नियत हैन, सम्भव हुन्छ भने यस्ता कार्यक्रममा पनि जमघट कम गरे उचित हुन्छ भन्ने मात्र हाम्रो मनसाय हो,’ शर्माले भने ।

होलीको दुई दिनअघि नै शनिबार विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले होली नखेल्न र सतर्कता अपनाउँन आग्रह गरेको थियो ।

होली पर्वका अवसरमा विगतमा झैँ भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले उक्त कार्य नगर्न र नगराउनसमेत गृहमन्त्रालयले अनुरोध गरेको थियो ।

होली नखेल्न आह्वान गर्दै गृहले निकालेको विज्ञप्ति

भीडभाडमा जाँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो ।

सरकारी आह्वान र कोरोनाभाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि होली खेल्न बाहिर निस्कने सर्वसाधारणको संख्या यो बर्ष कम देखिएको हो ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथासँग होली पर्व जोडिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : २५ बजे

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती