झापाको कुमरखोदमा स्वास्थ्य सहायता कक्ष « Khabarhub

झापाको कुमरखोदमा स्वास्थ्य सहायता कक्ष


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको दक्षिणी क्षेत्र नेपाल–भारत सीमा कुमरखोदमा कोरोनाभाइरस (कोभिड–१९) भित्रन नदिन स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरिएको छ ।

झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै भाइरसको जोखिम हुन नदिन सबै सचेत हुन र सरसफाइमा ध्यान दिन आग्रह गरिन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले कोरोनाभाइरसको जोखिम रोक्न स्वास्थ्य कक्ष स्थापना गरिएको जानकारी दिए ।

सो कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतले पनि डिगलबैंकमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकेको जनाइएको छ ।

कोरोनाभाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदान–प्रदानसमेत गरेका छन् ।

उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : ३९ बजे

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श