विश्वकै सबैभन्दा बृद्ध मानिसलाई कोरोनाको चिन्ता, भन्छन्– स्पेनिस फ्लूजस्तो खतरा छैन « Khabarhub

विश्वकै सबैभन्दा बृद्ध मानिसलाई कोरोनाको चिन्ता, भन्छन्– स्पेनिस फ्लूजस्तो खतरा छैन


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– सन् १९०८ मा जन्मेका बब वेइटन विश्वकै बयोबृद्ध मानिस हुन् । बेलायती नागरिक उनलाई यतिबेला भने कोरोना भाइरसको प्रकोपले चिन्तित तुल्याएको छ । कोरोनाबाट बृद्धबृद्धालाई धेरै असर पार्ने भएका कारण उनी अन्य बृद्धबृद्धाको स्वास्थ्यप्रति चिन्तित बनेका छन् ।

हाल दक्षिणी बेलायतको अल्टोन शहरमा बसोबास गर्दै आएका उनले आफूले नियमित सरसफाईमा पहिले भन्दा धेरै ध्यान दिने गरेको समेत बताए । आजकल उनले नियमित हात धुने र ब्रसले नङ सफा गर्ने गरेका बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई व्यक्तिगत रुपमा भने त्यति चिन्ता छैन । ‘म आफ्नै स्वास्थ्यप्रति चिन्तित हुनपर्ने हो, तर म त धेरै लामो समयसम्म बाँचिसकेँ । मेरा छोराछोरी र नातिनातिनाबारे चाहिँ मलाई धेरै चिन्ता लाग्छ,’ बेलायती सञ्चारमाध्यमले उनलाई उद्धृत गर्दै लेखेका छन् ।

उनले आजभन्दा करिब १ सय वर्षअघि विश्वभर फैलिएको स्पेनिश फ्लूको महामारी पनि भोगिसकेका छन् । उनका अनुसार कोरोना भाइरसको प्रकोप स्पेनिश फ्लूभन्दा खतरनाक छैन । उक्त महामारीबाट विश्वभर ५ देखि १० करोड मानिसहरुको ज्यान गएको थियो ।

आगामी मार्च २९ मा ११२ वर्ष पुग्न लागेका वेइटनलाई गिनिज बुकले संसारकै बयोबृद्ध मानिस घोषणा गर्न लागेको बताइएको छ । यसअघिका जापानका चिसेत्सु वातानाबेलाई गिनिज बुकले बयोबृद्ध मानिसको घोषणा गरेको केही दिनभित्रै उनको मृत्यु भएपछि वेइटनको नाममा नयाँ कीर्तिमान बन्न लागेको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : ५४ बजे

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको