विश्वकै सबैभन्दा बृद्ध मानिसलाई कोरोनाको चिन्ता, भन्छन्– स्पेनिस फ्लूजस्तो खतरा छैन « Khabarhub

विश्वकै सबैभन्दा बृद्ध मानिसलाई कोरोनाको चिन्ता, भन्छन्– स्पेनिस फ्लूजस्तो खतरा छैन


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– सन् १९०८ मा जन्मेका बब वेइटन विश्वकै बयोबृद्ध मानिस हुन् । बेलायती नागरिक उनलाई यतिबेला भने कोरोना भाइरसको प्रकोपले चिन्तित तुल्याएको छ । कोरोनाबाट बृद्धबृद्धालाई धेरै असर पार्ने भएका कारण उनी अन्य बृद्धबृद्धाको स्वास्थ्यप्रति चिन्तित बनेका छन् ।

हाल दक्षिणी बेलायतको अल्टोन शहरमा बसोबास गर्दै आएका उनले आफूले नियमित सरसफाईमा पहिले भन्दा धेरै ध्यान दिने गरेको समेत बताए । आजकल उनले नियमित हात धुने र ब्रसले नङ सफा गर्ने गरेका बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई व्यक्तिगत रुपमा भने त्यति चिन्ता छैन । ‘म आफ्नै स्वास्थ्यप्रति चिन्तित हुनपर्ने हो, तर म त धेरै लामो समयसम्म बाँचिसकेँ । मेरा छोराछोरी र नातिनातिनाबारे चाहिँ मलाई धेरै चिन्ता लाग्छ,’ बेलायती सञ्चारमाध्यमले उनलाई उद्धृत गर्दै लेखेका छन् ।

उनले आजभन्दा करिब १ सय वर्षअघि विश्वभर फैलिएको स्पेनिश फ्लूको महामारी पनि भोगिसकेका छन् । उनका अनुसार कोरोना भाइरसको प्रकोप स्पेनिश फ्लूभन्दा खतरनाक छैन । उक्त महामारीबाट विश्वभर ५ देखि १० करोड मानिसहरुको ज्यान गएको थियो ।

आगामी मार्च २९ मा ११२ वर्ष पुग्न लागेका वेइटनलाई गिनिज बुकले संसारकै बयोबृद्ध मानिस घोषणा गर्न लागेको बताइएको छ । यसअघिका जापानका चिसेत्सु वातानाबेलाई गिनिज बुकले बयोबृद्ध मानिसको घोषणा गरेको केही दिनभित्रै उनको मृत्यु भएपछि वेइटनको नाममा नयाँ कीर्तिमान बन्न लागेको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : ५४ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने