कोकिनले कोरोनाको संक्रमण हुँदैन भन्ने हल्लाका पछि नलागौं:  फ्रेन्च स्वास्थ्य मन्त्रालय « Khabarhub

कोकिनले कोरोनाको संक्रमण हुँदैन भन्ने हल्लाका पछि नलागौं:  फ्रेन्च स्वास्थ्य मन्त्रालय


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– लागूपदार्थ कोकिन प्रयोग गरे कोरोना भाइरसबाट बच्न सकिने हल्ला फैलिएपछि फ्रान्स सरकारले यस्ता हल्लाको पछि नलाग्न आह्वान गरेको छ ।

‘कोकेनले कोभिड–१९ (कोरोना भाइरस) बाट जोगाउँदैन ।’ फ्रान्सको स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा सूचना प्रकाशित गर्दै भनेको छ, ‘यो लत लगाउने लागूऔषध हो, यसको प्रयोगले नकारात्मक असर पर्छ ।’ उक्त सूचनामा उल्लेख छ ।

त्यस्तै, फ्रेन्च स्वास्थ्य मन्त्रालयले मानिसहरुलाई ‘कोरोना भाइरस मार्नका लागि रक्सी वा क्लोरिन नछर्किन ।’ समेत आह्वान गरेको छ । त्यसबाहेक लामखुट्टेको टोकाईबाट कोरोना नसर्ने र स्यानिटाइजरले क्यान्सर नलाग्ने समेत स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख छ ।

पछिल्ला केही समययता सामाजिक सञ्जालका फ्रेन्च प्रयोगकर्ताबीच कोकेनले कोरोना भाइरसबाट जोगाउने जस्ता हल्ला भाइरल हुन थालेपछि फ्रेन्च स्वास्थ्य मन्त्रालयले यस्तो सूचना जारी गर्नु परेको हो ।

फ्रान्समा हालसम्म कोरोना भाइरसका कारण ३० जनाको ज्यान गइसकेको छ भने अरु १४ सयभन्दा धेरै संक्रमित छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ६ : १७ बजे

आज अन्तर्राष्ट्रिय बैंक र एकपक्षीय दबाबविरुद्धको दिवस

काठमाडौं – आज अन्तर्राष्ट्रिय बैंक दिवस परेको छ । एकपक्षीय

धोबीखोलामा साइकलसहित एक व्यक्ति मृत फेला

काठमाडौं – काठमाडौंको धोबीखोलामा एक व्यक्ति साइकलसहित मृत अवस्थामा भेटिएका

आजको मौसम पूर्वानुमान : काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस मापन

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

हाम्रा पर्व विविधतामा एकता चिनाउने अवसर हुन् : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई

एनपीएलमा आज दुई खेल : दुई कुशलसँग भिड्दै करण र दीपेन्द्र

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार