२ दिन सार्वजनिक बिदा, तराईमा आज होली जनकपुरमा भोलि « Khabarhub

२ दिन सार्वजनिक बिदा, तराईमा आज होली जनकपुरमा भोलि


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा बुधबार मनाइएको होली पर्व तराईका जिल्लामा आज धुमधामसाथ मनाइँदै छ भने जनकपुरमा भोलि मात्र मनाइनेछ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरमा १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालुहरू जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट जनकपुरधामममा होली मनाउने चलन छ ।

माध्यमिकी परिक्रमा बुधबार जनकपुरस्थित बाह्रबिघामा समापन भएको हो भने विहीबार विहानै जनकपुरको अन्तरगृह परिक्रमा सकिएपछि शुक्रबार जनकपुरधाममा होली मनाइने जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णबले बताए ।

नेपाल र भारतको १ सय ३३ किलोमिटर पैदल यात्रा गरेर माध्यमिकी परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालु जनकपुर पुगको छन् ।

यसैबीच प्रदेश नम्बर २ मा प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले होली पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासपूर्वक मनाउन प्रदेशवासीमा आह्वान गरेका छन् ।

होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास लिएको मुख्यमन्त्री राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : ५६ बजे

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३

न्युजिल्याण्डमा ‘साम्बा’को घुँडाको शल्यक्रिया सम्पन्न

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को घुँडाको