कोरोनाको संक्रमणपछि इटालीमा सबै खेलकुदका गतिविधि स्थगित | Khabarhub Khabarhub

कोरोनाको संक्रमणपछि इटालीमा सबै खेलकुदका गतिविधि स्थगित


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरस अर्थात् कोभिड–१९ ले विश्व व्यापि रुप लिइरहँदा इटालीयन सरकारले सबै खाले खेल गतिविधिलाई रोक्न निर्देशन दिएको छ ।

इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टेले अप्रिल ३ सम्म सबै खेल गतिविधि स्थगित गरिएको घोषणा गरेका छन् ।

सरकारले घोषणा गरेसँगै विश्व चर्चित लिग फुटबल लिग ‘सिरी ए’ सहित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने तयारीमा रहेका सबै प्रशिक्षणहरु रोकिएका छन् ।

यदि अप्रिल ३ सम्म कुनै खेल खेलाउनु पर्दा बन्द रंगशालामा खेलाउन पाइनेछ ।

प्रधानमन्त्री कोन्टेले कोरोनाको फैलदो प्रभावलाई हेरेर ईटालीमा सार्वजनीक रुपमा भिडभाड हुने कार्यक्रम तत्कालका लागि बन्द गराएका छन् ।

यसअघि ईटालीको ओलम्पिक कमिटिले समेत सबै प्रकारका खेल गतिविधि स्थगित गर्न माग गरेको थियो ।

अहिलेसम्म इटालीमा कोरोना भाइरसका कारण साढे चार सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने झण्डै १० हजारको संख्यामा सक्रमित रहेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : १९ बजे

स्कुटर दुर्घटनामा चालकको मृत्यु

मोरङ – विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कोशी प्रदेशसभा : प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस

विराटनगर – कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : ईश्वर पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिप मेला तालिममा ८ वटा पेसा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन  

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेसासँग सम्बन्धित